नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन

  • माघ १४, २०८२
  • ३,०२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको छ ।

नेकपाले बुधवार १६ नम्वर वडाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको हो ।

बालिका मोड नजिक रहेको कार्यालय पार्टीका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराईले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

कार्यालय उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै उम्मेदवार भट्टराईले घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त माया, विश्वास र उत्साहले आफूलाई थप आत्मविश्वासी बनाएको प्रतिक्रिया दिए । उनले जनताको सकारात्मक प्रतिक्रियाले विजयको विश्वास अझ बलियो बनेको उल्लेख गरेका थिए ।

उद्घाटन कार्यक्रममा पार्टीका नेताहरू लक्ष्मी प्रधान, फोक्वाहाङ सुब्बा (चोत्लुङं), उद्धव बहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा नेता तथा कार्यकर्ताहरूले उम्मेदवार भट्टराईलाई अबिर र खादा लगाउँदै सफलताको शुभकामना दिएका थिए।

कार्यालय उद्घाटनसँगै धरान–१६ का विभिन्न टोल तथा बस्तिमा निर्वाचन प्रचार–प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाइएको छ।

निर्वाचन परिचालन समिति जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्रिय रूपमा जुटिरहेको छ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic