नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन

  • माघ १४, २०८२
  • १३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको छ ।

नेकपाले बुधवार १६ नम्वर वडाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको हो ।

बालिका मोड नजिक रहेको कार्यालय पार्टीका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराईले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

कार्यालय उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै उम्मेदवार भट्टराईले घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त माया, विश्वास र उत्साहले आफूलाई थप आत्मविश्वासी बनाएको प्रतिक्रिया दिए । उनले जनताको सकारात्मक प्रतिक्रियाले विजयको विश्वास अझ बलियो बनेको उल्लेख गरेका थिए ।

उद्घाटन कार्यक्रममा पार्टीका नेताहरू लक्ष्मी प्रधान, फोक्वाहाङ सुब्बा (चोत्लुङं), उद्धव बहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा नेता तथा कार्यकर्ताहरूले उम्मेदवार भट्टराईलाई अबिर र खादा लगाउँदै सफलताको शुभकामना दिएका थिए।

कार्यालय उद्घाटनसँगै धरान–१६ का विभिन्न टोल तथा बस्तिमा निर्वाचन प्रचार–प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाइएको छ।

निर्वाचन परिचालन समिति जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्रिय रूपमा जुटिरहेको छ।

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic