धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

  • माघ १५, २०८२
  • ३९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पूरा जरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाएको छ ।

माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ ।

बिहिबार प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी रुपमा कार्यक्रमहरूसहित मनाएको छ ।

त्यसैगरी धरानमा पनि प्रेस सेन्टर सुनसरीले शुभकामना आदान प्रदान गरी मनाएको छ । कार्यक्रम नेकपाको केन्द्रिय सदस्य जिवन राईको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि राईले विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।

उनले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताए । उनले शहिद पत्रकार कृष्णसेन ईच्छुकलाई स्मरण गरे ।

विशेष अतिथि नेकपा धरान नगर ईन्चार्ज चोत्लुङले क्रान्तिकारी स्पिरिटलाई आत्मासाथ गर्दै अघि बढ्न प्रेस सेन्टर, सुनसरीलाई सुझाए ।

सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीको सभापतित्वमा भएको कार्यक्रममा अतिथि पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश विद्रोही, निर्वतमान अध्यक्ष जनकॠषि राई, प्रेस सेन्टरका जिल्लाकी सह सचिव रश्मी प्रधान, पत्रकार महासंघ सुनसरीका सदस्य रोहित कुलुङ राई लगायतको उपस्थिति रहेको थियो ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic