चिनियाँ कम्युनिस्ट पार्टीसँगको कार्यशालाबारे नेकपा विदेश विभाग बेखबर

  • असार ५, २०७७
  • ५५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।
वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी० र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरु शुक्रबार संयुक्त कार्यशालामा सहभागी हुँदैछन् । भर्चुअल कार्यशालामा नेकपाका अध्यक्ष प्रचण्ड र स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत धारणा राख्नेछन् ।
पार्टी र सरकार सञ्चालनका सन्दर्भमा चिनियाँ अनुभवहरु सुनाइने कार्यक्रमको नेकपा स्कुल विभागले संयोजन गरेको छ भने चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ ।
कार्यक्रमबारे नेकपाको विदेश विभागलाई जानकारी नरहेको विभागसम्बद्ध नेताहरुले बताएका छन् ।
विदेश विभागका प्रमुख माधव नेपाल हुन् ।
स्कूल विभाग प्रमुख ईश्वर पोखरेल छन् भने उपप्रमुख देवेन्द्र पौडेल र बेदुराम भुसाल छन् ।
विभागमा अन्य सदस्यहरु चयन भएका छैनन् । विभागका उपप्रमुख भुसालले समेत आफू निर्णय प्रक्रियामा सहभागी नभएको जानकारी माधव नेपाललाई गराएका छन् ।
कार्यशालामा अध्यक्ष प्रचण्ड र स्कूल विभाग प्रमुख पोखरेलसहित एक सय जना केन्द्रीय सदस्यहरु सहभागी हुँदैछन् । उद्घाटन सत्रमा प्रचण्ड र पोखरेलका साथै चीनको विदेश विभागका प्रमुख ताओले बोल्नेछन् । छलफल सत्रमा चिनियाँ विदेश विभाग प्रमुखले बलियो सत्तारुढ पार्टी निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव सुनाउनेछन् ।
यो कार्यक्रम प्रशिक्षण नभएर सरकार र पार्टी सञ्चालनमा दुई कम्युनिस्ट पार्टीबीचको अन्तरक्रिया रहेको नेकपाले जनाएको छ ।
गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि दुई देशका कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेकपाका दुवै अध्यक्षको उपस्थितिमा भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
त्यसमा दुवै पार्टीबीच भ्रमण आदान(प्रदान, प्रशिक्षण र बैचारिक कार्यशालाहरु गर्ने भनिएको थियो । यस्तो कार्यक्रम चीनको विदेश विभागले गरे पनि नेपालमा भने विदेश विभागलाई जानकारी नदिई स्कुल विभागले गरेको भनेर असन्तुष्टि व्यक्त भएको हो ।
अनलाइन खवरबाट

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic