राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

  • असार ५, २०७७
  • २६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान ५ असार÷ नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ।
कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो।
आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ। विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै ओसारपसार गर्नुपर्नेछ। भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने छ।
सरकारले संक्रमितको संख्या कम भएका जिल्लाहरुमा असार १ गतेबाट लकडाउन खुकुलो वनाउदै लगेको थियो । संक्रमितको संख्या दिनप्रतिदिन वढन थालेपछि सरकारले लकडाउनमा कडाई गर्ने आन्तरीक तयारी थालेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic