सात वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिने नेकपाको निर्णय

  • असार ६, २०७७
  • ३०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ६ असार – नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ ।
नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सचिवालय बैठकले सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र सो अवधिसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको हो ।
वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नका लागि जन्मदेशको नागरिकता भने परित्याग गर्नु पर्ने छ । प्रमुख विपक्षी कांग्रेसले भने अङ्गीकृत नागरिकताबारे हाल रहेको व्यवस्थालाई नै कायम गरिनुपर्ने बताएको छ ।
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले चाहेका बखत नेपाली नागरिकता लिन सक्ने विद्यमान व्यवस्था छ ।
राज्य व्यवस्था समिति र संसदमा नेकपाको झण्डै दुई तिहाई बहुमत रहेकाले नागरिकता ऐन २०६३ संशोधन भएर वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष पर्खिनु पर्ने व्यवस्था लागु हुने लगभग निश्चित जस्तै भएको छ ।
विद्यमान व्यवस्थाकै पक्षमा रहेको प्रमुख प्रतिपक्षी कांग्रेससँग पुनः छलफल गरेर हालको निर्णयबाट नेकपा पछि नहटेमा नागरिकता वितरण कडा हुने पक्का छ ।
नेकपाका नेताहरुले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका आफ्ना सांसदसँग विधेयकबारे छलफल गरेका थिए । सोही अनुसार शनिबार सचिवालयले निर्णय गरेको हो ।
नेकपाले निर्णय गरेसंगै अब नागरिकता विधेयक अघि बढ्ने भएको छ।

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic