एसईईको मूल्याङ्कन कार्यविधि तयार , अब बिधालयले मुल्याङ्कन गर्ने

  • असार १०, २०७७
  • ८१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ ।
कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन गर्ने आधार निधो भएको हो ।
योसँगै अव विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्ने भएको हो ।यसका साथै मूल्याकन समिति गठन गर्ने प्रावधान कार्यविधिले तय गरेको छ । समितिमा सम्वन्धित विद्यालयको प्रधानअध्यापक अध्यक्ष तथा सम्वन्धीत कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने प्रावधान तय गरिएको छ । समितिले अन्तिम मूल्याकनको प्रमाणित गर्ने काम पनि गर्नेछ ।
विद्यालयले विद्यार्थीको मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । बोर्डले विद्यार्थीको अन्तिम नतिजाको प्रकाशन गर्नेछ ।
नतिजा प्रकाशित नगरेसम्म विद्यालयले गरेको विद्यार्थीको मूल्याङ्गन गोप्य राख्नुपर्ने कार्यविधि बनाइएको छ । यसपटक नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुन परीक्षण गराउने तथा पुरक ग्रेडबृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरुले दिएका छन् ।यसअघि सरकारले २०७६ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता दिने निर्णय गरेको थियो । तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अघि बढ्न सकेको थिएन । तर अव भने विद्यालयहरुलाई विद्यार्थीको मूल्याङ्कन गर्ने बाटो खुलेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जिम्मेवारी दिएको थियो ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic