नेकपा स्थायी कमिटी बैठक बस्दै एमसिसिका विषयमा छलफल हुने

  • असार १०, २०७७
  • ६१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा पार्टीको काम, सरकारको समीक्षा र एमसीसी लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
तर अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा दुई अध्यक्षबीच मत नमिलेपछि राजनीतिक प्रतिवेदन नै तयार हुन सकेको छैन ।
बैठकमा छलफलको लागि राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा भए पनि दुई अध्यक्षबीच एमसीसी सम्झौताबारे फरकफरक मत भएपछि प्रतिवेदन तयार हुन नसकेको हो ।
एमसीसीको विषयमा पार्टीभित्र विवाद छ । एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठकको मिति तोकिएपछि अध्यक्षद्वय ओली र दाहालबीच लगायतर छलफल भए पनि सहमति भएको छैन ।
एमसीसीको विवाद सुल्झाउन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्टमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन भएको थियो ।
कार्यदलले सम्झौता परिमार्जनबिना संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली दबाबमा पर्नुभएको छ । प्रतिवेदनमा परराष्ट्रमन्त्री ज्ञवालीको फरक मत थियो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सदनबाट जसरी हुन्छ पारित गर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले औंल्याएका विषयमा संशोधन गरेर मात्र पारित गर्ने अडानमा हुनुहुन्छ ।
नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको मत पनि संशोधन गर्नुपर्ने पक्षमा छ ।

यस अघिका पटक पटकको बैठक छलफल नै नगरी स्थगित हुदै आएपनि आज वस्ने बैठकले ठोस निर्णय गर्ने वुझिएको छ ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic