स्थानीय निकायहरुले आज नीति, कार्यक्रम र बजेट ल्याउँदै

  • असार १०, २०७७
  • ७५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आ–आफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् ।
संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।
केही पालिकाले नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् भने धेरैले आज बजेट पेस गर्ने तयारी गरेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ ।
पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकालाई पत्राचार गरी संवैधानिक व्यवस्था अनुसार नै बजेट पेस गर्न परिपत्र गरेको छ । पालिकालाई संघ र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा रकम उपलब्ध गराएका छन् ।
प्राप्त रकम र पालिकाको आफ्नै आन्तरिक स्रोतका आधारमा बजेट ल्याउने पालिकाको तयारी छ । संवैधानिक व्यवस्था अनुसार तोकिएको समयभित्र आगामी आर्थिक वर्षको बजेट पेश नगर्ने पालिकालाई संघले अनुदान रोक्न सक्ने व्यवस्था छ । पोहोर समयमा बजेट नल्याएका केही पालिकालाई अनुदान घटेपछि विकास निर्माणको काममा भने असर परेको छ ।
विगत वर्षहरुमा विनियोजित बजेटहरु समेत काम हुन नसकि रकम फ्रिज हुने गरेकोले यस वर्षको बजेटमा भने खर्च गर्न सक्ने खालको मात्र बजेट ल्याउने तयारी भइरहेको छ ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic