वोर्डमा ल्याउने निर्णय धराने जनताप्रतिको अन्तरघात– संघर्ष समिति संयोजक

  • असार १०, २०७७
  • ७,५७२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० असार ःअसफल खानेपानी आयोजनालाई बोर्डमा ल्याउने नगरसभाको निर्णय तत्काल पुर्नविचार गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ ।

सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति, धरानका संयोजक सुजेन्द्र तामाड।ले असफल योजनालाई वोर्डमा ल्याएर अघि वढनु भनेको धराने जनतालाई अन्तरघात भएको हुनाले तत्काल निर्णय पुर्नविचार गर्नुपर्ने बताएकाछन् ।
खानेपानी संस्थान बाहेक एसियाली विकास बैंक अन्र्तगतको खानेपानी आयोजनाले दैनिक १ करोड ३ लाख उत्पादन गर्ने योजना भएपनि दैनिक औसत ६२ लाख मात्र उत्पादन गरेको दावी गरेकाछन् ।
उनले घरघरमा दुइ तिन तलामाथि चढ्ने गरी ७ मिटरको प्रेसर हुन्छ भनि भनिएको भएपनि टंकीका पानी चढाउन मोटर जडान गर्नु बाध्य हुनुपरेको जिकिर गरेकाछन् ।
न्युनतम् १६ घण्टादेखि २४सै घण्टा दैनिक पानी वितरण हुने आयोजनामा भनिएको भएपनि दिन विराएर पानी वितरण हुने गरेको उनको आरोप छ ।
खानेपानी व्यवस्थापन बोर्डले ट्याङ्करबाट समेत पानी बाँड्नु परेको अवस्थामा परीक्षणकाल ३ महिना रहँदा समेत विद्यमान रहनुले आयोजना पूर्ण असफल भएको प्रष्ट देखिएको उनले दावी गरेकाछन् ।
आयोजनालाई लक्ष्य र सम्झौता बमोजिम उत्पादन र वितरण गर भन्नू पर्नेमा यथास्थितिमै संस्थान गाभ्ने निर्णय गर्नु धरानको लागि अन्तरघाती निर्णय भएको आरोप समेत लगाएकाछन् ।
बोर्डले पानी खुवाउन नसक्दा उत्पन्न हुने भयावह स्थितिलाई व्यवस्थापन गर्नपनि आयोजना सफलताको प्रमाणिकरण नहुँदासम्म संस्थानलाई जीवित राख्नु पर्ने उनको माग रहेको छ । उनले नगरसभावाट असारभित्रै संस्थान गाभ्ने भन्ने अन्तरघाती निर्णयलाई तत्काल पुनर्विचाार गर्न सम्बन्धित सबैमा अनुरोध समेत उनले गरेकाछन् । निर्णय पुर्नविचार नगरे जनतावाट यस निर्णयउपर प्रतिकार हुने कुराको समेत उनले ध्यानाकर्षण गराएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic