वोर्डमा ल्याउने निर्णय धराने जनताप्रतिको अन्तरघात– संघर्ष समिति संयोजक

  • असार १०, २०७७
  • ७,५९७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० असार ःअसफल खानेपानी आयोजनालाई बोर्डमा ल्याउने नगरसभाको निर्णय तत्काल पुर्नविचार गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ ।

सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति, धरानका संयोजक सुजेन्द्र तामाड।ले असफल योजनालाई वोर्डमा ल्याएर अघि वढनु भनेको धराने जनतालाई अन्तरघात भएको हुनाले तत्काल निर्णय पुर्नविचार गर्नुपर्ने बताएकाछन् ।
खानेपानी संस्थान बाहेक एसियाली विकास बैंक अन्र्तगतको खानेपानी आयोजनाले दैनिक १ करोड ३ लाख उत्पादन गर्ने योजना भएपनि दैनिक औसत ६२ लाख मात्र उत्पादन गरेको दावी गरेकाछन् ।
उनले घरघरमा दुइ तिन तलामाथि चढ्ने गरी ७ मिटरको प्रेसर हुन्छ भनि भनिएको भएपनि टंकीका पानी चढाउन मोटर जडान गर्नु बाध्य हुनुपरेको जिकिर गरेकाछन् ।
न्युनतम् १६ घण्टादेखि २४सै घण्टा दैनिक पानी वितरण हुने आयोजनामा भनिएको भएपनि दिन विराएर पानी वितरण हुने गरेको उनको आरोप छ ।
खानेपानी व्यवस्थापन बोर्डले ट्याङ्करबाट समेत पानी बाँड्नु परेको अवस्थामा परीक्षणकाल ३ महिना रहँदा समेत विद्यमान रहनुले आयोजना पूर्ण असफल भएको प्रष्ट देखिएको उनले दावी गरेकाछन् ।
आयोजनालाई लक्ष्य र सम्झौता बमोजिम उत्पादन र वितरण गर भन्नू पर्नेमा यथास्थितिमै संस्थान गाभ्ने निर्णय गर्नु धरानको लागि अन्तरघाती निर्णय भएको आरोप समेत लगाएकाछन् ।
बोर्डले पानी खुवाउन नसक्दा उत्पन्न हुने भयावह स्थितिलाई व्यवस्थापन गर्नपनि आयोजना सफलताको प्रमाणिकरण नहुँदासम्म संस्थानलाई जीवित राख्नु पर्ने उनको माग रहेको छ । उनले नगरसभावाट असारभित्रै संस्थान गाभ्ने भन्ने अन्तरघाती निर्णयलाई तत्काल पुनर्विचाार गर्न सम्बन्धित सबैमा अनुरोध समेत उनले गरेकाछन् । निर्णय पुर्नविचार नगरे जनतावाट यस निर्णयउपर प्रतिकार हुने कुराको समेत उनले ध्यानाकर्षण गराएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic