देउवा र मन्त्री भट्टलाई विप्लवद्धारा जनकार्वाहीको धम्की

  • असार १२, २०७७
  • ८१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १२ असार ः नेपाली कागंग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई प्रतिवन्दित नेत्र विक्रम चन्दको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकार्वाही गर्ने
चेतावनि दिएको छ ।
विप्लवले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गरे दुवैजनालाई जनकारवही गर्ने चेतावनी दिएको हो ।देउवाको धनगढी स्थित घरमा र मन्त्री भट्टको कैलालीको अत्तरियामा रहेको घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने विज्ञप्ति मार्फत धम्कीसहित चेतावनी दिईएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कैलालीको छाप रहेको पत्रमा एमसीसी जस्तो पेचिलो बिषयमा कैलालीबाट प्रतिनिधित्व गर्ने भट्ट र पुर्व प्रधानमन्त्री देउवाले यसको विपक्षमा मतदान गर्ने अपेक्षा कैलालीबासीहरुले लिएको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको पनि सो विज्ञप्तिमा उल्लेख गरीएको छ ।
‘यदी नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरापनि अवगत गराउन चाहान्छौ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले एमसिसिको विपक्षमा देशव्यापी रुपमा दवाव दिदै आएको छ ।

 

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic