कांग्रेसको बैठक भोली बस्दै सशोधित कार्यतालिका अनुमोदन गर्ने

  • असार १५, २०७७
  • ३६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असारः नेपाली कांग्रेसको बैठक भोली मंगलबार बस्ने भएको छ । हिजो आइतबार बसेको पदाधिकारीहरुको केन्द्रीय कार्य समितिको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस सोतले जानकारी दिएको छ ।
भोलिको बैठकबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने अपेक्षा गरिएको छ । कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको छ । संशोधित कार्यतालिकालाई अनुमोदन गर्न भोलीको बैंठक बोलाएको स्रोतको दाबी छ ।
कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन भइसकेको छ ।
कांग्रेसले महाधिवेशनको तयारी आन्तरीक रुपमा तल्लो तहसम्म शुरु गरेको छ ।

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic