वीपी प्रतिष्ठानका कर्मचारीको तलवमा २० प्रतिशत वृद्धि

  • असार १६, २०७७
  • ४२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक–कर्मचारीहरुको तलब २० प्रतिशतसम्म बृद्धि भएको छ ।
केही महिना अघि मात्र प्रतिठानमा कुलपति भएर आएका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरे अनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् ।उपकुलपतिद्धारा जारी सर्कुलरमा वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने उल्लेख गरीएको छ ।
सर्कुलर अनुसार श्रेणी विहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि भएको छ ।
अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीहरुको १५ प्रतिशत वृद्धि भएको छ भने सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलबमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने निर्णय भएको सर्कुलरमा जनाइएको छ । श्रेणीविहिन कर्मचारीलाई वृद्धि तलब शतप्रतिशतले हुन आउने रकम १५ गते असारसम्म उपलब्ध गराउने र बाँकी अन्य पदाधिकारी, शिक्षक र कर्मचारीहरुलाई स्रोतको उपलब्धता भएसँगै क्रमिकरुपमा उपलब्ध गराउदै जाने उल्लेख छ ।
कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले तलब वृद्धिको यो निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।
वीपि प्रतिष्ठानमा तलव वृद्धिको माग गर्दै यस अघि समय समयमा आन्दोलन हुदै स्थगित हुदै आएको थियो । प्रष्ठिान यतिवेला आर्थिक रुपमा धराशायी वन्दै गरेको छ । तर पदाधिकारीहरु भने घुस काण्डमा अख्तियारको कार्वाहीमा सजाय भोगीरहेकाछन् ।
वर्तमान उपकुलपति आएपछि भने केही आसा पलाएपनि केही महिना अघि देखि रिक्त रहेको रजिष्ट्रार पद भने नियुक्ति गर्न सकेका छैनन् ।उनले विराटनगरबाटै नियुक्ती गर्न खोजेपनि धरानेले भने जो नियुक्ति गरेपनि स्थानीयलाई सो पदमा नियुक्ति गर्नुपर्ने माग गर्दै आएकाछन् ।

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic