नेपालको २६ जिल्लामा सलह आतंक

  • असार १६, २०७७
  • ३६९ पटक पढिएको
  • छाल खबर
alt

नेपालको २६ जिल्लामा सलह आतंक
छाल खवर
धरान,१६ असार ः छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा (फट्याङग्रा प्रजातिको) नेपालको २६ जिल्लामा फैलिएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएकोछ ।
मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सो कुरा जनाएको हो ।विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।
अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया, हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ ।
रुपन्देहीको सैनामैना क्षेत्रमा न्यून क्षति गरेको ५–७ लाखको संख्यामा रहेको सलहको समूह अधिकांश रुपमाले पाल्पा तथा कपिलवस्तु तर्फ गएको केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।
पाल्पामा चारदेखि पाँच लाखको हाराहारीमा पुगेको सलहको समूहले खेतीमा त्यति क्षति गरेका छैनन् र त्यो समूह स्याङ्जा तथा गुल्मी तर्फ गएको छ ।
८ देखि १० लाखको संख्यामा कपिलवस्तुमा भित्रिएको सलहको समूह पनि खासै क्षति नगरी अर्घाखाँची, दाङ, प्युठान, रोल्पासहितका क्षेत्रमा गएको केन्द्रले उल्लेख गरेको छ ।
यसैगरी चितवन पुगेको सलहको झुण्डमा झण्डै एक लाख तथा सिन्धुलीमा देखिएको झुण्डमा दुई–देखि तीन लाखकको संख्या रहेको जनाइएको छ । चितवनका केही स्थानमा धान बालीमा सलहले क्षति गरेको छ ।
गएको शनिबार भारतसँगको सीमा जोडिएका दक्षिणी क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।
वायुको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित नेपालमा मनसुन सुरु भएपछि पनि सलहको समूह प्रवेश गरेको र यसबाट हुने क्षति कम गर्नका लागि प्रयास भइरहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।
कृषि क्षेत्रमा सलह किराको प्रवेशले ठूलो क्षति गर्दै आएको छ । यस नियन्त्रणका लागि विज्ञसँग छलफल समेत भइरहेको मन्त्रालयले जनाएको छ ।
कतिपय स्थानीय निकायले सलह किरा समाएर ल्याउनेलाई रकम दिने घोषणा समेत गरेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic