नेपालको २६ जिल्लामा सलह आतंक

  • असार १६, २०७७
  • ३१२ पटक पढिएको
  • छाल खबर
alt

नेपालको २६ जिल्लामा सलह आतंक
छाल खवर
धरान,१६ असार ः छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा (फट्याङग्रा प्रजातिको) नेपालको २६ जिल्लामा फैलिएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएकोछ ।
मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सो कुरा जनाएको हो ।विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।
अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया, हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ ।
रुपन्देहीको सैनामैना क्षेत्रमा न्यून क्षति गरेको ५–७ लाखको संख्यामा रहेको सलहको समूह अधिकांश रुपमाले पाल्पा तथा कपिलवस्तु तर्फ गएको केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।
पाल्पामा चारदेखि पाँच लाखको हाराहारीमा पुगेको सलहको समूहले खेतीमा त्यति क्षति गरेका छैनन् र त्यो समूह स्याङ्जा तथा गुल्मी तर्फ गएको छ ।
८ देखि १० लाखको संख्यामा कपिलवस्तुमा भित्रिएको सलहको समूह पनि खासै क्षति नगरी अर्घाखाँची, दाङ, प्युठान, रोल्पासहितका क्षेत्रमा गएको केन्द्रले उल्लेख गरेको छ ।
यसैगरी चितवन पुगेको सलहको झुण्डमा झण्डै एक लाख तथा सिन्धुलीमा देखिएको झुण्डमा दुई–देखि तीन लाखकको संख्या रहेको जनाइएको छ । चितवनका केही स्थानमा धान बालीमा सलहले क्षति गरेको छ ।
गएको शनिबार भारतसँगको सीमा जोडिएका दक्षिणी क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।
वायुको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित नेपालमा मनसुन सुरु भएपछि पनि सलहको समूह प्रवेश गरेको र यसबाट हुने क्षति कम गर्नका लागि प्रयास भइरहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।
कृषि क्षेत्रमा सलह किराको प्रवेशले ठूलो क्षति गर्दै आएको छ । यस नियन्त्रणका लागि विज्ञसँग छलफल समेत भइरहेको मन्त्रालयले जनाएको छ ।
कतिपय स्थानीय निकायले सलह किरा समाएर ल्याउनेलाई रकम दिने घोषणा समेत गरेकाछन् ।

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic