आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

  • असार १६, २०७७
  • ३३६ पटक पढिएको
  • छाल खबर
alt

000काठमाडौ, १६ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल र मटितेलको मूल्य बढेको हो ।
मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।
बजारमा खपत नै नभएको भन्दै उच्च नाफा कमाउँदा पनि निगमले तेलको भाउ घटाएन । जेठको दोस्रो हप्ता पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा डिजेलमा पनि प्रतिलिटर २५ रुपैयाँ ६९ पैसा र मटितेल ५५ रुपैयाँ ३५ पैसा नाफा हुँदा पनि निगमले भाउ घटाउन चासो दिएन ।
खपत नभएकाले मूल्य समायोजन नएको तर्क गर्दै आएको निगमले नयाँ मूल्य सूची आउनुभन्दा एक दिनअघि नै गत जुन १६ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको छ ।
लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि अधिक नाफा कमाउने उद्देश्यले निगमले मूल्य समायोजन गरेको थियो । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नघटाउन तर थोरै बढ्नासाथ नाफमा असर नपर्ने गरी मूल्य बढाइहाल्ने गरेको छ ।सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ थप पूर्वाधार कर लगाएको छ । अब त्यसको भारी सिधै उपभोक्ता माथि परेको छ ।
बजेटपछि करको भार उपभोक्तालाई नपर्ने तर्क भइरहँदा निगमले भने आफ्नो नाफाको दर कम हुन दिएको छैन ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic