आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

  • असार १६, २०७७
  • २९४ पटक पढिएको
  • छाल खबर
alt

000काठमाडौ, १६ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल र मटितेलको मूल्य बढेको हो ।
मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।
बजारमा खपत नै नभएको भन्दै उच्च नाफा कमाउँदा पनि निगमले तेलको भाउ घटाएन । जेठको दोस्रो हप्ता पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा डिजेलमा पनि प्रतिलिटर २५ रुपैयाँ ६९ पैसा र मटितेल ५५ रुपैयाँ ३५ पैसा नाफा हुँदा पनि निगमले भाउ घटाउन चासो दिएन ।
खपत नभएकाले मूल्य समायोजन नएको तर्क गर्दै आएको निगमले नयाँ मूल्य सूची आउनुभन्दा एक दिनअघि नै गत जुन १६ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको छ ।
लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि अधिक नाफा कमाउने उद्देश्यले निगमले मूल्य समायोजन गरेको थियो । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नघटाउन तर थोरै बढ्नासाथ नाफमा असर नपर्ने गरी मूल्य बढाइहाल्ने गरेको छ ।सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ थप पूर्वाधार कर लगाएको छ । अब त्यसको भारी सिधै उपभोक्ता माथि परेको छ ।
बजेटपछि करको भार उपभोक्तालाई नपर्ने तर्क भइरहँदा निगमले भने आफ्नो नाफाको दर कम हुन दिएको छैन ।

 

 

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic