फेरी सकृय भयो नेकपा एमाले,को को छन् केन्द्रीय समितिमा नामसहित

  • असार १७, २०७७
  • १,५२३ पटक पढिएको
  • छाल खबर
alt

१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा खैलाबैला मच्चिएको छ।

बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।
नेकपा एमाले दल दर्ता गर्न खोज्ने को को हुन् केन्द्रीय समितिमा को(को छ भन्ने विवरण सहितको पत्र प्राप्त भएको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।
दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् ।
उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की भएको पाइएको छ ।
दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।
नयाँ पार्टी दर्ताका लागि निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।
प्रस्तावित नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।
नेकपाको जिम्मेवारीमा नरहेका युवायुवतीलाई राखेर पार्टी दर्ताका लागि निवेदन दिइनुमा एमालेको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरूको अनुमान छ
महासचिव मनिष कुमार उपाध्यायका अनुसार पार्टी अध्यक्ष सन्ध्या तिवारीलाई अहिले सार्वजनिक नगर्ने पार्टीले नीति लिएको छ । पार्टी दर्ताको प्रमाणपत्र पाइसकेपछि बल्ल अध्यक्ष सार्वजनिक हुने महासचिव उपाध्यायले बताए ।
निर्वाचन आयोगमा नेकपा दर्ता भएको एक वर्ष पुगिसकेकाले अब नेकपा एमालेलाई दर्ता हुनबाट कानूनतः रोक्न नसकिने आयोगका कर्मचारीहरु बताउँछन् ।
हाल नेकपाको जिम्मेवारीमै नरहेका युवायुवतीलाई केन्द्रीय समितिमा राखेर मदन भण्डारीको जन्मजयन्तीकै दिनमा पार्टी दर्ताका लागि निवेदन दिइनुले भोलि नेकपामा विभाजन आइहाले पार्टीको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरुको प्रारम्भिक विश्लेषण छ ।

अनलाइन खवरबाट

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic