सुभाष नेम्वाड.लाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

  • असार १८, २०७७
  • ३०६ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं,१८ असार ः सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ।
स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ।
स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको छ।
ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छैन। यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताए।
उनले अहिलेको अवस्था र व्यवस्था अनुसार ओली नै अध्यक्ष र प्रधानमन्त्री हुने बताए ।
नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ। जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।
अल्पमतमा परेपछि के गर्ने भन्ने विषयमा ओलीले राष्टपति विद्यादेवी भण्डारीको छलफल शुरु गरेकाछन् । केही समय यता पार्टीको निर्णय विपरीत सरकार सञ्चालन गरेको भन्दै प्रधानमन्त्रीबाट हटन ओलीलाई दवाव बढन थालेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic