लोकप्रिय मेयर स्व तारा सुब्बा धरानका मार्ग निर्देशक

  • साउन १, २०७७
  • २१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउन ः ंसंघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम धरान नगरका नगरप्रमुख स्व.तारा सुब्बाको दोश्रो स्मृति दिवस विहिवार सम्पन्न भएको छ ।

धरान उपमहानगरकमिटीले विहीबार विहान धरान–१९ स्थित सुव्वाको स्मृति पार्कमा स्मृति सभा गरेर स्मृति सभा गरेको हो ।सुव्वा नेकपा धरानका पू्र्व अध्यक्षसमेत रहेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज भिम आचार्यको उपस्थितिमा स्मृति सभा आयोजना गरीएको थियो ।आचार्यले सुनसरीको युवा तथा विद्यार्थीको संगठन निर्माणमा सुब्बाको योगदान अविस्मरणीय रहेको बताउदै उहाको नेतृत्व धरानका लागि विर्सन नसकिने रहेको उल्लेख गर्नुभयो ।

२०७४ सालको स्थानिय निर्वाचन पछि स्व. सुब्बाले १ वर्ष, कार्यबाहक मेयरका रूपमा मञ्जु भण्डारीले डेढ वर्ष र हाल आफू नेतृत्वमा आएको वताउदै यसरी ३ वटा नेतृत्व फेरिदाँ विकासले सोचेजस्तो गति लिन नसकेको राईले बताए । तर पनि स्व. सुब्बाले देखेको धरानको विकासको सपनालाई आफूले अघि वढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा उपप्रमुख मञ्जु भण्डारी सुवेदी नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डल,जिल्ला सचिव रमेश बस्नेत लगायतले स्व. सुब्बाको योगदानको बारे चर्चा गरे ।

यसै गरि धरान उपमहानगरपालिकाले पनि छुटटैं श्रद्धान्जली सभाको आयोजना गरेको थियो ।
गणतन्त्र पछि प्रथम जननिर्वाचित मेयर सुब्बाको गत २०७५ साल साउन १ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृगौला रोग पीडित सुब्बाको दुर्व मृगौला फेरिएको थियो ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic