मनोनयनविरुद्ध कांग्रेसका तीन पदाधिकारीद्धारा उजुरी

  • साउन १, २०७७
  • २०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

१ साउन, काठमाडौं ः नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन ।

उजुरी दिनेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव रहेकीछिन ।
उनीहरुले महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप समेत लगाएकाछन् ।

निर्वाचनको आचारसंहिता विपरीत आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको समक्ष माग गरेको छ ।

विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, कोइराला र यादवले बताएका छन् । तीनै नेताले यस्ता मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
पौडेल समूहको बहिस्कारका बीच गत पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतबाट विभागहरु बढाउने निर्णय गरेको थियो ।

 

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic