३ वटा चमत्कारीक योजनाबाट आकर्षण गर्न खोज्दै एनआइसि एसिया बैंक कमिसन र रुखो व्वहारका कारण बैंक छोडदै सेवाग्राही

  • साउन २, २०७७
  • १३,८६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

साउन,२ धरान ः पछिल्लो समय एनआईसी एसिया बैंकप्रति सेवाग्राहीको वितृष्णा बढन थालेपछि आर्कषण गर्नका लागि विभिन्न योजना सञ्चालन गर्न थालेको छ ।

बैकले सेवाग्राहीलाई आफूतिर तान्नका लागि समय समयमा योजनाहरु ल्याउने गरेको छ । त्यसक्रममा बैंकले ३ चमत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ ।

एनआईसी एसिया बैंक धरान शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर बैकले आफ्नो योजनाका वारेमा जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नयाँ योजनाहरुमा सुपर चमत्कारिक घर कर्जा ,सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा रहेको छ ।

बैंकले लकडाउनको मारमा परेका सेवाग्राहीहरुलाई बैङकिङ कारोवारमा सहयोग पु¥याउने उदेश्यले सो योजना ल्याएको धरान उप–प्रादेशिक कार्यालयका प्रमुख दिवाकर भट्टराईले बताएका थिए ।यो कर्जा अन्र्तगतको योजनमा बैंकले ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको पत्रकार सम्मेलनमा भट्टराईले जानकारी दिएकाछन् ।

पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बैंकले ८।२५ प्रतिशत ब्याजदर तथा ०।२५ प्रतिशत प्रशासनिक शुल्कमा ती कर्जाहरु उपलब्ध गराउनेछ। उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको बैंकले जनाएको छ।
नेपालमा सवैभन्दा धेरै शाखा सञ्चाल रहेको बैंकको रुपमा एनआइसि एसिया रहेपनि पछिल्लो समयमा बैंकको प्रतिष्ठा गुम्दै गएको छ ।

एनआईसी एसिया बैैकमा कारोवार गर्ने सेवाग्राहीहरु बैंकको सेवा र हरेक लगानीमा कर्मचारीको कमिसन र रुखो व्यवहारका कारण अन्यत्र सार्न थालेकाछन् । पछिल्लो समय बैंकका कर्मचारीको कमिसनका कारण वदनाम मात्र भएको छैन् ।बैंकको अधिंकाश लगानी नै जोखिममा पर्न थालेको छ ।

एनआइसि एसियामा विचौलियामा मार्फत लगानी हुनुले पनि बैंक बदनाम हुदै गएको हो । केही वर्ष अघि एनआइसि एसिया बैंकको झुम्का शाखा,दुहवी शाखा र अन्य केही शाखामा विचौलिया मार्फत कमिसन लिएर बैंकका कर्मचारी र शाखा प्रमुखले लगानी गर्ने गरेका थिए ।

एनआइसि बैंकमा कारोवार गर्ने सेवाग्राहीहरु विस्थापित समेत भएको घटना सार्वजनिक भएको छ । एक जना मगर थरका एक व्यक्तिले त नाम नबताउने शर्तमा ४० लाखको हिसाव नै गोलमाल भएको आरोप समेत लगाएकाछन् ।उनले बैंकले हिसाव मिलाई दिन्छु बाहिर नलानु भन्दै वारम्वार वताएको समेत वताएकाछन् ।

पछिल्लो समय एनआइसि एसियालाई सेवाग्राहीहरुले मिटरवाला साहुजीको उपमा समेत दिदै आएकाछन् ।अरुबैंक भन्दा सहज र सरल रुपमा लगानी गरीदिने प्रलोभन दिएर आर्कषण गर्ने र पछि यो वा त्यो बाहानामा दुःख दिने गरेको गुनासो प्रसस्त मात्रा सुन्ने गरीएको छ ।
उनीहरुले त एनआइसि एसिया बैंक आफ्ना आफन्त र शुभच्छेक कसैले पनि कारोवार नगर्न आग्रह समेत गर्न थालेकाछन् ।
शुरुका दिनमा बैंकको बैंक पनि साथिपनि,राम्रो पनि हाम्रो पनि भन्ने नाराले सेवाग्राहीलाई आर्कषण गरेपनि पछिल्लो गतिविधिले सेवाग्राहीहरुमा नराम्रो असर गर्न पर्दै गएको छ । यो नारालाई सार्थक बनाउन सुधार आवस्यक देखिन्छ ।

 

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic