खोटाङका दुई हजार ३८८ घरमा जस्तापाता लगाइने

  • साउन ३, २०७७
  • ५१० पटक पढिएको
  • छाल खबर

छाल खवर
साउन,३ खोटाङ ः नेपाल सरकारले सुरक्षित वसोवासको कार्यक्रम अन्र्तगत खरको छानो विस्थापित गर्ने कार्यक्रम शुरु गरेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो ।

शहरी विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाइने भएको छ ।

जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो ।
पन्ध्र वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम प्रदान गरिएको छ ।

दुई वर्षभित्र खरको छानामुक्त बनाउने थालेको नगरपालिकामा करिब ९०० घर गरिब परिवार रहेको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सरकारले तीन वर्षभित्र देशभर खरको छानामुक्त गर्ने लक्ष्य लिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । अति विपन्न, असहाय, अशक्त, वृद्धवृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाई पहिलो प्राथमिकता दिइनेछ ।

उनले तीन वर्षभित्र जिल्लाका सबै घरबाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने छ ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा ४२ हजार घरधुरी स्थानीय बासिन्दा बसोबास गर्दै आएका छन् ।
शहरी विकास मन्त्रालयमा उपलब्ध तथ्याङ्कअनुसार खोटाङमा २३ हजार खरको छाना भएको घर रहेका छन् ।

 

सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

छाल खवर धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली ...

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic