वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

  • साउन ४, २०७७
  • १,९२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउनः लामो समयको रस्साकसीपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार नियुक्ति गरीएको छ ।स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान मै कार्यरत डा.मोहन चन्द्र रेग्मीलाई रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

लामो समयदेखि प्रतिष्ठानकै प्रसुती विभागमा कार्यरत रेग्मी केही महिना यता देखि प्रसुती विभाग प्रमुख समेत रहेका थिए । डा.रेग्मीलाई आइतवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका थिए ।

प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डा.रेग्मीको नाम पनि सिफारिश गरेका थिए ।डा.रेग्मीले नियुक्ती पत्र पनि लिइसकेको मन्त्रालयले जनाएको छ ।

यस अघि रजिष्ट्रार पदको नियुक्ति प्रतिष्ठान भन्दा बाहिर बाट मात्र गरीदै आएको थियो । प्रतिष्ठान र डाक्टरहरुबाट रजिष्ट्रार नियुक्ती हुने डा.रेग्मी पहिलो हुन ।

रजिष्ट्रार नियुक्तिका लागि राजनीतिक पार्टीहरुले समेत आ–आफ्नो अनुकुलको व्यक्तिलाई लविङ गरेका थिए । प्रतिष्ठानको रजिष्ट्रार प्रतिष्ठानलाई वुझेको व्यक्ति र स्थानीय व्यक्ति हुनुपर्ने आवाज उठदै आएको थियो ।प्रतिष्ठानमा लामो समय काम गरेको र अनुभव समेत लिइसकेकोले गर्र्दा प्रतिष्ठानको सहि काम गर्ने अपेक्षा समेत स्थानीयको रहेको छ ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic