शिक्षण अस्पतालको खाताबाटै हरायो साढे १६ करोड

  • साउन ५, २०७७
  • २०८ पटक पढिएको
  • छाल खबर


साउन ४ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो।

सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण प्राप्त नभएकाले स्थिति जानकारी हुन नसकेको प्रतिवेदनमा जनाइएको छ। अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले ग्लोबलमा बैंकिङ कारोबार नगरिएको बताए। ‘खाता नभएको बैंकमा कसरी कारोबार हुन्छ र रु. डा. खड्गाले भने।

यसैगरी नेपाल बैंकमा पाँच खाता, नबिल बैंकमा एक खाता र हिमालयन बैंकको एक खाता ९राहत खाता०मा अस्पतालको स्रेस्ताअनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो। तर, बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

बैंकमा घटी मौज्दात देखिएको सम्बन्धमा छानबिन गरी उक्त रकम प्राप्त हुनुपर्ने सुझाव महालेखाले प्रतिवेदनमार्फत दिएको छ। ‘नाम लिइएका ती सबै बैंकमा अस्पतालको आर्थिक कारोबार नै हुँदैन। अस्पतालको खाता होइन जस्तो लाग्छ। धेरै पहिलाको विषय भएकोले मलाई यसबारे धेरै थाहा छैन’, खड्गाले भने।

यसैगरी अस्पतालले आयकर ऐन २०५८ बमोजिम भुक्तानीमा कर कट्टा गर्नुपर्नेमा ६ करोड ४१ लाख १ हजार रुपैयाँ कट्टी गरेको कर रकम दाखिला नगरी दायित्व देखाएको छ। उक्त रकम राजस्व खातामा दाखिला हुनुपर्दछ।
दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।
अन्नपूर्ण पोष्टबाट

 

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic