पुष्पलालको स्मृतिमा रक्तदान २ सय ८२ पिन्ट रगत संकलन

  • साउन ६, २०७७
  • १,०५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,६ धरान ः पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको रामधुनी नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा मंगलवार रामधुनी नगरपालिकाको झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रमा २ सय ८२ जनाले रक्तदान गरेको थिए ।

नेकपा रामधुनीको संयोजनमा भएको उक्त कार्यक्रममा रामधुनी, इटहरी, इनरुवा तथा वराह नगरपालिकाका नेकपाका समर्थक, नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष नन्द वस्नेतको अध्यक्षता र नेकपा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रममा वोल्दै निरौलाले पुष्पलालको योगदान अविष्मरणिय र उल्लेखनिय रहेको बताउँनुभयो ।

कोभिड–१९ को महामारीको समयमा पनि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा रामधुनीका नगर अध्यक्ष राम कोइरालाले बताउँनुभयो ।

श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले सुनसरीका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष नन्द बस्नेतले जानकारी दिनुभयो ।

वहाँका अनुसार भोलि ७ गते इटहरीमा वृक्षारोपण तथा कोण सभा र १० गते धरानमा पुष्पलालको योगदानको चर्चा बिषयक विचार गोष्ठी हुनेछ ।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा दिएको योगदानलाई कहिल्यै भुल्नु हुदैन ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic