पुष्पलालको स्मृतिमा रक्तदान २ सय ८२ पिन्ट रगत संकलन

  • साउन ६, २०७७
  • १,०२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,६ धरान ः पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको रामधुनी नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा मंगलवार रामधुनी नगरपालिकाको झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रमा २ सय ८२ जनाले रक्तदान गरेको थिए ।

नेकपा रामधुनीको संयोजनमा भएको उक्त कार्यक्रममा रामधुनी, इटहरी, इनरुवा तथा वराह नगरपालिकाका नेकपाका समर्थक, नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष नन्द वस्नेतको अध्यक्षता र नेकपा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रममा वोल्दै निरौलाले पुष्पलालको योगदान अविष्मरणिय र उल्लेखनिय रहेको बताउँनुभयो ।

कोभिड–१९ को महामारीको समयमा पनि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा रामधुनीका नगर अध्यक्ष राम कोइरालाले बताउँनुभयो ।

श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले सुनसरीका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष नन्द बस्नेतले जानकारी दिनुभयो ।

वहाँका अनुसार भोलि ७ गते इटहरीमा वृक्षारोपण तथा कोण सभा र १० गते धरानमा पुष्पलालको योगदानको चर्चा बिषयक विचार गोष्ठी हुनेछ ।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा दिएको योगदानलाई कहिल्यै भुल्नु हुदैन ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic