लकडाउन अन्त्य गर्ने सरकारको निर्णय यी क्षेत्रमा भने प्रतिबन्ध कायमै

  • साउन ६, २०७७
  • १३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,६ काठमाडौं ः सरकारले मंगलबार मध्यरातिबाट लकडाउन खुल्ला गर्ने निर्णय गरेको छ।गत चैत ११ गतेबाट जारी गरेको लकडाउन खुल्ला गर्ने निर्णय सरकारले गरेको हो ।

बुधवारबाट लागू हुने गरी लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि भीडभाड हुने क्षेत्रहरु भने वन्द नै गर्ने निर्णय गरेको छ ।
सरकारले आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बताए।लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए।

यस्तै भदौ १ गतेबाट लामो दुरीका सवारीसाधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय सीमानाकामा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ ।

यस्तै शैक्षिक संस्था बन्द रहे पनि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए।

सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुल्ला गर्ने निर्णय गरेको छ भने सेमिनार र भेला भने गर्न पाइने छैन ।

वन्द रहने क्षेत्रहरु

सरकारले शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन ब्युटीपार्लर, स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै राख्ने निर्णय गरेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic