लकडाउन अन्त्य गर्ने सरकारको निर्णय यी क्षेत्रमा भने प्रतिबन्ध कायमै

  • साउन ६, २०७७
  • १६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,६ काठमाडौं ः सरकारले मंगलबार मध्यरातिबाट लकडाउन खुल्ला गर्ने निर्णय गरेको छ।गत चैत ११ गतेबाट जारी गरेको लकडाउन खुल्ला गर्ने निर्णय सरकारले गरेको हो ।

बुधवारबाट लागू हुने गरी लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि भीडभाड हुने क्षेत्रहरु भने वन्द नै गर्ने निर्णय गरेको छ ।
सरकारले आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बताए।लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए।

यस्तै भदौ १ गतेबाट लामो दुरीका सवारीसाधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय सीमानाकामा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ ।

यस्तै शैक्षिक संस्था बन्द रहे पनि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए।

सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुल्ला गर्ने निर्णय गरेको छ भने सेमिनार र भेला भने गर्न पाइने छैन ।

वन्द रहने क्षेत्रहरु

सरकारले शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन ब्युटीपार्लर, स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै राख्ने निर्णय गरेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic