साउन ८ गतेदेखि छोटो र लामो दूरीका यातायात चल्ने

  • साउन ६, २०७७
  • १२१ पटक पढिएको
  • छाल खबर
alt

रिपोर्टर नेपाल
काठमाडौं । लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन हुने भएका छन् ।

यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेको हो ।

महासंघले आफू आबद्ध सबै यातायात कम्पनी, प्रा।लि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण सार्वजनिक यातायातहरु ठप्प बनेका थिए । सरकारले जारी लकडाउन केही खुकुलो बनाउँदै असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

यातायात व्यवसायीको घोषित कार्यक्रमअनुसार साउन ८ गतेदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात खुल्ने भएका हुन् । सरकारले छोटो दूरीका सवारीसाधन मात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी पनि चलाउने निर्णय गरेका हुन्।
रिपोटर नेपाल डटकमबाट

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic