उद्योग बाणिज्य महासंघमा सक्षम नेतृत्वको खाँचो छ ढकाल सक्षम नेतृत्वमा दुवैको जोड

  • साउन ६, २०७७
  • ४५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,६ साउन ः व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनाबी चटारोले छोएको छ ।

यही साउन २६ र २७ गते हुने महाधिवेशनमा उपाध्यक्ष लगायत सवै पदको लागि समूह नै बनाएर दुइ समूह चुनावी मैदानमा होमिएकाछन् ।

एउटा समूहको नेतृत्व वर्तमान उपाध्यक्ष चन्द्र ढकालले गरेकाछन् भने अर्को समूहको नेतृत्व किशोर प्रधानले गरेकछन् ।
आ आफ्नो समूह बनाएर चुनावी मैदानमा होमिएपनि वरिष्ठ उपाध्यक्षका उम्मेदवाहरुले व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा साझा धारण वनाएकाछन् ।

महासंघको यही साउन २६ र २७ गते महाधिवेशन हुँदैछ । महाधिवेशनुनावले नयाँ नेतृत्व चयन गर्नेछ ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान रहेकोले उनी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएकाछन् ।

वरिष्ठ उपाध्यक्षका लागि प्रत्यासी दुवै उपाध्यक्षहरुले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न पहल गर्नसक्ने सक्षम व्यावसायिक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यावसायिक व्यक्तित्व आउनु पर्नेमा जोड दिएकाछन् ।

उनले करिव ४ महिनाको लकडाउनबाट शिथिल रुपमा थलिएको उद्योग व्यवसायलाई माथि उठाउन सक्ने सवल सक्षम नेतृत्व महासंघमा आवस्यक रहेको वताएकाछन् । उनले सक्षम नेतृत्वबाट मात्र उद्योगी व्यापारीको हक हित र व्यवसायिक सुरक्षा हुने दावी समेत गरेकाछन् ।

अर्का उम्मेद्वार किशोर प्रधानले अब निर्वाचित हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने जिकिर गरेकाछन् ।

निकै कडा प्रतिष्पर्धाका रुपमा मैदानमा होमिएका ढकाल र प्रधानले जित आफ्नो पक्षमा रहेको दावी गर्दै आएकाछन् । जिल्ला नगर नै आफ्नो चुनाव जित्ने आधार रहेको दावी गरेकाछन् ।

प्रधानले कडा प्रतिष्र्धा गर्ने दावी गरीएपनि ढकालको पक्षमा पल्लाभारी रहेको सुनसरीका व्यवसायिकहरुको भनाई रहेको छ ।मोरड.का उद्योगी व्यापारीले प्रधानको जित सुनिश्चित रहेको दावी गरेपनि सुनसरीका व्यवासायिहरुले भने ढकालको जित सुनिश्चित भएको दावी गर्दै आएकाछन् । निर्वाचनको परीणाम भने हेर्न वाकी नै छ ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic