मुख्यमन्त्री कार्यालयमा ड्यासबोर्ड सञ्चालनमा डिजिटल प्रदेश वनाउने योजना कार्यान्वयन

  • साउन ९, २०७७
  • ९८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९साउन ः प्रदेश सरकारले सुचना प्रविधिलाई अधिकतम प्रयोगलाई उपयोग गर्ने उदेश्यले समय समयमा विभिन्न प्रयोग गर्दै आएको छ ।

प्रदेश नं १ का नागरीकको जनगुनासो सुन्न र ग्रहण गरी कार्यान्वयन गर्नको लागि प्रदेश सरकारले शुक्रवारबाट मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ ।

एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको थियो । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउदै डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईले विश्वास व्यक्त गर्नुभयो ।

ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार्यक्रमहरुको नियमित रुपमा अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्न सहज हुने र आवश्यकता अनुसार नियन्त्रण गर्न सकिने मुख्यमन्त्री राईले बताउनुभयो ।

सिएम ड्यासबोर्ड मार्फत प्रदेशका नागरिकहरुको जिज्ञासा, गुनासा तथा सुझावहरु ग्रहण गरी सम्बोधन गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यसै अनुरुप ड्यासबोर्ड सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ड्यासबोर्डमा प्राप्त हुने सूचनाहरुका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजनाहरुबाट सञ्चान भईरहेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगतिको समिक्षा गरी तत्कालै आवश्यक निर्देशन, सुझाव र समन्वय गर्न सघाउ पुग्नेछ ।

यो ड्यासबोर्डबाट दैनिक भइरहेका प्रगतिको अनुगमन तथा मूल्यांकन हुने र त्यही आधारमा आवश्यक सहयोग र निर्देशन हुनेछ । यसबाट स्थानीय तह र संघीय सरकारबाट समेत सञ्चालन हुने कार्यक्रमहरुको दोहोरोपनमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

ड्यासबोर्डबाट प्रदेश र स्थानीय तहका कार्यक्रमहरुको समन्वय समेत हुनेछ । प्रदेश अन्तर्गत सञ्चालित सबै खालका कार्यक्रमहरुको प्रगति समिक्षा गर्न र आवश्यक समन्वय गर्न ड्यासबोर्ड महत्वपूर्ण हुने प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।

प्रदेश १ सरकारले सुचना प्रविधिलाई अधिकतम उपयोग गर्दै डिजिटल प्रदेश निर्माण गर्ने विषय आफ्नो नीति तथा कार्यक्रममा समेत समावेश गरीसकेको छ ।

सुनाखरी एकेडेमीमा ६५ जनाले दिए प्रवेश परीक्षा

छाल खवरधरान,१९ असार –सुनाखरी एकेडेमी धरानले बिहीवार कक्षा–११ मा ...

हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ अनुशासन, गु

धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ स्थित एक ...

हिविस्कसमा एईईमा उर्तीण विद्यार्थीहरुलाई सम्मान

छाल खवरधरान,१७असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले एस.ई.ई पर ...

एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतल

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस ...

हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक ...

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic