प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमितिको कार्यालय उद्घाटन

  • साउन १०, २०७७
  • ३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० साउनः नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति सुनसरी क्षेत्र नं १ (क) को कार्यालय उद्घाटन सम्पन्न भएको छ ।

धरान १२ को अमन बजारमा शनिवार प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले धरानमा नेपाली काँग्रेसको सांगठानिक कार्यक्रमहरू यो कार्यालयबाट विस्तार हुने र धरानमा नेपाली काँग्रेसलाई मजबुत बनाउन कार्यालयले मद्दत गर्ने बताए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन हुन लागेको छ ।सोही अवसरमा आफ्ना कार्यक्रमहरुलाई सकृय वनाउन पनि थप सहयोग पुग्ने विश्वास कार्यकर्ताहरुको रहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव केदार भण्डारी, नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङ, जिल्ला सदस्य किशोर राई, प्रदेश सभा निर्वाचन समिति १ ख का मुरारी भट्टराई, क्षेत्रीय सचिव रमेश काफ्ले, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ सुनसरी सभापति गङ्गा चौलागाई, ११ नम्बर वडा सभापति लोकेन्द्र फागो, नेपाल महिला सङ्घ सुनसरी सचिव निर्मला शाक्य, धरान नगर उपसभापति महेन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति १ क का सभापति धनबहादुर कटुवालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा धरानमा नेपाली काँग्रेसले आफ्नो सङ्गठनलाई मजवुद बनाएर लानका लागि यो नयाँ स्थापना भएको कार्यालयले भूमिका खेल्ने बताएका थिए ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic