प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमितिको कार्यालय उद्घाटन

  • साउन १०, २०७७
  • ३६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० साउनः नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति सुनसरी क्षेत्र नं १ (क) को कार्यालय उद्घाटन सम्पन्न भएको छ ।

धरान १२ को अमन बजारमा शनिवार प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले धरानमा नेपाली काँग्रेसको सांगठानिक कार्यक्रमहरू यो कार्यालयबाट विस्तार हुने र धरानमा नेपाली काँग्रेसलाई मजबुत बनाउन कार्यालयले मद्दत गर्ने बताए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन हुन लागेको छ ।सोही अवसरमा आफ्ना कार्यक्रमहरुलाई सकृय वनाउन पनि थप सहयोग पुग्ने विश्वास कार्यकर्ताहरुको रहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव केदार भण्डारी, नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङ, जिल्ला सदस्य किशोर राई, प्रदेश सभा निर्वाचन समिति १ ख का मुरारी भट्टराई, क्षेत्रीय सचिव रमेश काफ्ले, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ सुनसरी सभापति गङ्गा चौलागाई, ११ नम्बर वडा सभापति लोकेन्द्र फागो, नेपाल महिला सङ्घ सुनसरी सचिव निर्मला शाक्य, धरान नगर उपसभापति महेन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति १ क का सभापति धनबहादुर कटुवालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा धरानमा नेपाली काँग्रेसले आफ्नो सङ्गठनलाई मजवुद बनाएर लानका लागि यो नयाँ स्थापना भएको कार्यालयले भूमिका खेल्ने बताएका थिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic