सिटिजन्सको ९.५० वार्षिक ब्याजदरमा एसएमई कर्जा तथा घर कर्जा

  • साउन १५, २०७७
  • २५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ – यतिवेला बैंकहरुले विभिन्न योजनाहरु लिएर ग्राहकहरुका विचमा लान थालेकाछन् ।
सोही क्रममा सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा )योजना अघि सारेको छ ।

बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० वार्षिक ब्याजदरमा नै जग्गा र घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ ।

कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकको भनाई रहेको छ ।
यो कर्जाका लागि ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुने व्यवस्था समेत गरेको छ ।

कतिपय वैंकमा फायल लगेको महिना दिनसम्म पनि ऋणको निर्णय हुन नसक्दा सेवाग्राहीहरु हैरान हुने गरेकाछन् । तर ३ दिने निर्णयले सेवाग्राहीलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरएिको छ ।

यो कर्जाको सरल प्रक्रिया सहित २५ वर्षसम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०ं÷९९ वार्षिक ब्याजदरमा उपलब्ध गराउने भएको छ ।

 

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic