सर्वोच्चले भन्यो लकडाउनमा भाडा तिर्न नसक्नेहरुलाई ननिकाल्नू

  • साउन १६, २०७७
  • १,३४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,१६ साउन ः सर्वोच्च अदालतले लकडाउनमा घर भाडा तिर्न नसके पनि व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न आदेश दिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनको समयको भाडाको विषयलाई लिएर भाडावालालाई ननिकाल्न आदेश दिएको हो ।

ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले लक डाउनका कारण पेशा व्यवसाय नचल्दा घर भाडा तिर्न नसकेकाहरुलाई घरबाट निकाल्ने, हैरानी दिने जस्ता काम नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘घरबहालमा बसेका व्यक्तिहरुलाई बन्दाबन्दीको अवधिभर तत्काल बहाल दिन नसकेको अवस्थामा पनि बहालमा बस्ने र व्यवसाय गर्नेहरुलाई घरबाट निस्कन बाध्य नपार्ने, निक्लन नभन्ने र सो आधारमा दुर्व्यवहार नगर्ने र नगराउने विषयमा स्थानीय वडा कार्यालयले अनुगमन र सुपरीवेक्षण गर्ने गरी व्यवस्था मिलाउन सर्वोच्च अदालत नियमावलीअनुसार अन्तरिम आदेश जारी गरिदिएको छ।

बहालमा बसेकाहरुमाथि गर्ने दुर्व्यवहारका बारेमा सम्बन्धित वडा कार्यालयमा उजुरी गर्न र त्यसको सुपरीवेक्षण गर्न पनि आदेशमा भनिएको छ।

विभिन्न ठाउँमा भाडामा बसेकाहरुलाई पैसा नतिरेको भन्दै निकाल्ने, पेशा व्यवसाय चल्न नदिने जस्ता कार्य भएको गुनासो आइरहेको छ।

सर्वोच्चले राहत वितरण गर्दा स्थानीय तहले घरबहाल कर तिरेको रसिद माग गरेको अवस्थामा भाडामा बस्नेले मागेमा कर तिरेको रसिद उपलब्ध गराउन पनि घरधनीलाई आदेश दिएको छ।

इजलासले लक डाउन अवधिभरको भाडा तिर्नु नपर्ने भन्दै माग गरिएको विषयमा भने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
देशसञ्चारबाट

चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

छाल खवर धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामु ...

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic