उपसचिव प्रेम सञ्जेल माथि महिलाद्धारा कुटपिट

  • साउन १७, २०७७
  • ७९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ः आफुलाई सरुवा गरेको विषयमा सरकारको विरोध गरेर सामाजिक सञ्जालबाट चर्चा कमाएका वरिष्ट उपसचिव प्रेमप्रसाद सञ्जेल माथि कुटपिट भएको छ ।

श्रम कार्यालय विराटनगरमा कार्यरत वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेल माथि आफ्नै कार्यालयका २ महिला कर्मचारीले कुटपिट गरेका थिए ।उनलाई आफ्नै कार्यलयका २ सहयोगी महिला कर्मचारीले कुटपिट गरेको कार्यालयले जनाएको छ ।

सो विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए ।

सञ्जेलले आफूमाथि हातपात भएको विषयमा जानकारी गराएपछि प्रहरी पठाएको र घटनाको वारेमा जानकारी लिदा कार्यालयकै २ जना महिला कर्मचारीले गरेको वुझियो ।

सञ्जेलको ओठभित्र चोट लागेर सामान्य रगत बगेको छ भने अन्य ठुलो चोटपटक नदेखिएको एसपी खड्काले जानकारी दिएकाछन् ।

दुवैपक्षलाई जिल्ला प्रहरी कार्यालय मोरङमा वोलाई छलफल गरी सहमति गराएर पठाईएको प्रहरीले जनाएको छ ।

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic