सर्दु र खर्दुको खानेपानी मुहानमा तोडफोड पाइप मात्र खुस्काइएको हो तोडफोड होइन– साम्पाङ

  • साउन १९, २०७७
  • २,३८९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१९ साउनः धरानको खानेपानीमा लामो समयदेखि विवाद हुदै आएको छ । कहिले तालावन्दी ,कहिले नारावाजी हुने गरेकोमा अहिले भने तोडफोड र पाइपलाइन छुटाउने काम समेत भएको छ ।

खानेपानी आयोजनामा भ्रष्ट्राचार भएको भन्दै आयोजनाको विरोध गर्दै आएका हर्क साम्पाङको नेतृत्वमा खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ समेतको टोलीले तोडफोड गरेको प्रत्यक्षदर्शीले वताएकाछन् ।

नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठ समेतको उपस्थितिमा धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइपलाइन तोडफोड गरेको थियो ।

खानेपानी आयोजनाका प्रमुख राजु पोख्रेलले धरान १३ फुस्रेमा बनेको खानेपानी फिल्टर प्लान्टमा ल्याउनका लागि बनाइएको सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट आएको पाइपमा सो समूहले आइतवार क्षति पुर्‍याएको जनाएकाछन् ।

पोख्रेलका अनुसार सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट फिल्टर प्लान्टमा ल्याउन जडान गरिएको पाइप तोडफोड गरी फुटाइएको छ भने अहिले फिल्टर प्लान्टमा पानी आउन पुरै बन्द भएको छ ।

धरान १३ को फुस्रेमा बनेको धरान खानेपानी आयोजनाको फिल्टर प्लान्टमा पानी ल्याउनका लागि बन्दै गरेको इन्टेक र पाइपमा धरान खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठको अगुवाइमा पुगेका हर्क साम्पाङ, कृष्ण गौतम, मदन राई लगायतको २५,३० जनाको समूहले तोडफोड गर्नुका साथै पाइप समेत खुस्काई दिएको थियो ।

सो विषयमा हर्क साम्पाङले आयोजनाले खानेपानी संस्थानको पाइप जडान गरेकोले सो पाइप लाइन खुस्काइ मात्र दिएको दावी गर्दै तोडफोड नगरेको जिकिर गरेकाछन् ।

यता खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले साम्पाङको टोलीले आफू लाई आयोजना हेर्नको लागि अनुरोध गरेकोले गएको मात्र वताउदै तोडफोडमा आफू संलग्न नरहेको दावी गरेकाछन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाको वारेमा अध्ययन गरी मुचुल्का उठाएर आएको र अव कार्वाही प्रकृया अघि वढाउने जानकारी दिए ।

तोडफोडबाट करिब डेढ लाख बरावरको क्षति भएको प्रमुख खानेपानी आयोजनाका प्रमुख पोख्रेलले जानकारी दिएकाछन् ।

धरान खानेपानी संस्थानलाई,धरान खानेपानी वोर्डमा ल्याउनका लागि नगरप्रमुख तिलक राईको नेतृत्वमा टोली मन्त्रालय गएर आएपनि ठोस काम भने हुन सकेको छैन ।

संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गर्ने विषयमा संस्थान र बोर्डबिच शुरुदेखि नै विवाद हुँदै आएको छ ।

आयोजना र संस्थानवीचको विवादका कारण वर्षादको समयमा पनि खानेपानीको समस्या कायमै रहेको छ ।पछिल्लो समय धरानमा खानेपानीको समस्या यथावत हुन थालेपछि पछिल्ला दिनहरुमा धरानबाट अन्यन्त्र बसाई सर्न थालेकाछन् ।

 

चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

छाल खवर धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामु ...

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic