नेकपा (माओवादी) पार्टीको घोषणा संगठनलाई देशभर फैलाउने

  • साउन २०, २०७७
  • १,४११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२० साउनः नेकपा एमाले दर्ता भएको करिव एक महिना पुग्न नपाउदै पूर्व माओवादी केन्द्रका सचिवालय सदस्यले पुर्न अर्को पार्टी गठनको घोषणा गरेकाछन् ।

पूर्व माओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीले आफ्नो नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा गरेकाछन् ।

रफत सञ्चार क्लब भक्तपुरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेकोले नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको नव गठित पार्टीका संयोक जिसीले वताएकाछन् ।

पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी जनताको पक्षमा भन्दापनि सत्ताको वरिपरि मात्रै घुमेको आरोप समेत लगाए । उनले देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने ठोकुवा समेत गरेका थिए ।

उनले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नवगठित पार्टीका उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा (माओवादी) घोषणा गर्न बाध्य भएको दावी गरेकाछन् ।

प्रवत्ता सिंहले अव देशभर संगठनलाई तिव्रता दिने समेत जानकारी दिएकाछन् । उनले वैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी स्थापित हुने ठोकुवा समेत गरेकाछन्

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic