ढकाल समूहको दबाबले गलिन् राणा

  • साउन २०, २०७७
  • १,३५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ,२० साउन ः नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकाल समुहको दबाब पछि साउन २१ गतेलाई कार्यसमिति बैठक बोलाएकी छन् ।

महासंघका एक चौथाई सदस्यहरुले दबाब दिए पछि राणा बैठक बोलाउनका लागि बाध्य भएकी हुन् ।

महासंघको यहि २६ र २७ गते हुने भनिभएको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पक्षले स्थगित गरेपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल पक्षले ७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन माग गर्दै २२ जना सदस्यको हस्ताक्षर सहित निवेदन दर्ता गराएका थिए ।

आगामी बैठकमा राणाले आफ्ना कार्यकालभरी भएका अनियमितता, महासंघमा एकता भड्काउन गरेका कृयाकलापहरु, आफ्ना सहयोगीहरुलाई धोका दिएर बिरोधी खेमासंग गरेका साँठगाँठहरु, कृषि उद्यम केन्द्रको भ्रष्टाचारमा अख्तियारले फाईल लगेको बिषयको पनि जवाफ दिनुपर्ने भएको छ ।

त्यसैगरी करमा नविकरण नभएको बिषय लगायत ईतिहाँसमा नै महासंघ बिबादित र असफल भएको भन्ने आरोप लगायतका बिषयहरुमा जवाफ दिनुपर्ने बताईएको ।

स्थायी समिति सदस्यका अनुसार आगामी बैठकमा आफनो कार्यकालमा भएका अनियमितताका बिषयहरुको चक्रब्युमा राणा घेरिने छिन ।

राणाले वरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार किशोर प्रधानको समूहको योजनामा निर्वाचन स्थगित गरेको आरोप समेत लाग्दै आएको छ ।राणाले प्रधान समूहको अवस्था कमजोर देखिएपछि तत्कालका लागि निर्वाचन स्थगित गरेर प्रधान समूहमा केही शक्तिशाली व्यपारी समूह तान्न समूह लिएको स्रोतको दावी रहेको छ ।

कृषि उद्यम केन्द्रका बिषयमा अख्तियारले पत्र लेखेर कागज लगेपछि राणा नैतिक रुपमा दबाब छिन् । महासंघ श्रोतका अनुसार अख्तियारमा बुझाईएका कागजातहरु नै पुराना र फर्जि बिल भौचरहरु रहेका छन् ।

हिसाब किताबमा पुरानै र फर्जि बिल भौचर बुझाईएको ठोकुवा गर्दै एक सदस्यले यो बिषयमा समेत अख्तियारले चनाखो भएर अनुसन्धान गर्नुपर्ने बताए ।

यस्तै, महासंघका कर्मचारीहरुले कृषि उद्यममा मात्रै होईन महासंघमा नै धेरै अनियमितता र भ्रष्टाचारहरु भएको भन्दै सो बिषयमा समेत छलफल हुनुपर्ने र अख्तियारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

महासंघका तत्कालिन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पनि अध्यक्षले एकलौटी रुपमा कृषि उद्यम केन्द्रको रकम हिनामिना गरेको भन्दै पदबाटै राजिनामा दिएका थिए । अख्तियारको उक्त पत्रले अध्यक्ष राणाले भ्रष्टाचार गरेको भन्ने थप पुष्टि हुने समेत महासंघ स्रोतले जानकारी दिएको छ ।

यस अघि नेपाल सरकारका पूर्व सचिव तथा महासंघका तत्कालिन महानिर्देशक (महासचिव) सुरेशमान श्रेष्ठले आफ्नो ११ पेज लामो राजीनामा पत्रमा महासंघ अध्यक्ष भवानी राणाले पदाधिकारी तथा सचिवालयका उच्च नेतृत्वसँग सल्लाह नै नगरी आफुखुशी ठूलो रकम खर्च गर्दै हिनामिना गरेको, समिति नै गठन नगरी आफुखुशी संस्था संचालन गरेको, सचिवालयको मुख्य जिम्मेवारी पाएको आफुसँग कुनै सल्लाह नै नगरी तल्लो तहका कर्मचारीको तजविजीमा संस्था संचालन गरेको, कृषि उद्यम केन्द्रको रकम हिनामिना गरी भ्रष्टाचार गरेर महासंघको ठूलो रकम दुरुपयोग गरेको आरोप लगाएका थिए ।

राणाले आफ्ना अनियमितताका बिषयहरुलाई लुकाउन बिरोधी खेमासंग साँठगाँठ गर्दै आईरहेको गम्भिर आरोप लागिरहेको छ ।

आफुलाई महासंघमा स्थापित गराउने, अध्यक्ष बनाउने देखि सबै परिस्थितीमा साथ दिने सहयोगीहरुलाई छोडेर आफ्ना कट्टर बिरोधीहरुसंग हिमचिम गाँस्नुको पछाडी समेत राणा माथि शंकाको तरबार ढड्याईएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic