धरानमा लकडाउन पूर्णरुपमा कडाई सुरक्षामा कडाई गरीएको डिएसपि वस्नेतको भनाई

  • साउन २२, २०७७
  • ३,५९६ पटक पढिएको
  • छाल खबर
alt

लकडाउनको पहिलो दिन सुनसान भानुचोक
तस्विर ःममिता श्रेष्ठ

छाल खवर
धरान,२२ साउन ः धरान क्षेत्रमा विहिवारबाट घोषणा गरीएको दोस्रो चरण्को लक डाउन पूर्णरुपमा कडाई गरीएको छ ।

धरान उपमहानगरपालिकामा केहीदिन यता समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले विहिवारबाट घोषणा गरेको एक साता लामो लकडाउनको पहिलो दिन कडाई गरीएको हो ।

दोस्रो चरणको लकडाउनमा घर देखि कोही पनि बाहिर निस्कन नपाइने गरी कडाईका साथ प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनले खाद्यान्न र सव्जि विक्रिका पसलहरु समेत पूर्णरुपमा वन्द गरीएकोले लकडाउन पूर्णरुपमा वन्द भएको दावी गरे ।मुख्य चोकहरुमा सुनसान रहेको छ भने भित्रि सडकहरु समेत वन्द रहेकाछन् ।

औषधी पसल, एम्बुलेन्स, दमकल, शव बाहान,सञ्चारका साधनहरु बाहेकका अन्य सवारी साधन चलाउन रोक लगाईएको छ । पहिलो चरणको लकडाउनका मर्निङवाक र इभिनिङ वाक गर्नेहरु र विना काम हिडनेहरुले हैरानी पारेका थिए ।यसपटक भने सर्वसाधारणलाई हिँडडुल गर्न पुर्णरुपमा निषेध गरिएको छ ।

स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गरेको लकडाउनलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्नुले पनि थप सहयोग मिलेको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेकोले जिल्लाभर प्रहरी परिचालन हुने भएकोले धरान लगायत इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी र रामधुनी नगरपालिकालाई पनि थप सहयोग पुगेको छ ।

धरानमा पछिल्लो समय ४० जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेकोमा १८ जना समुदायकै मानिसमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

यसैवीच लकडाउनलाई कार्यान्वयन गर्न धरान उपमहानगरपालिकाले धरानवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न अनुरोध समेत गरेको छ ।

लकडाउन सँगै जिल्लामा निषेधित क्षेत्र पनि घोषणा भएकोले दुवैको पालना गर्नुपर्ने र पालना नगरेको पाइएमा कानुनी कारबाही गर्न प्रहरी वाध्यहुने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बस्नेतले बताए ।

उनले आम जनताकै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी लडडाउनमा कडाई गरेकोले सहयोग गर्न धरानवासीलाई आग्रह समेत गरेकाछन् ।

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic