धरानमा लकडाउन पूर्णरुपमा कडाई सुरक्षामा कडाई गरीएको डिएसपि वस्नेतको भनाई

  • साउन २२, २०७७
  • ३,६१० पटक पढिएको
  • छाल खबर
alt

लकडाउनको पहिलो दिन सुनसान भानुचोक
तस्विर ःममिता श्रेष्ठ

छाल खवर
धरान,२२ साउन ः धरान क्षेत्रमा विहिवारबाट घोषणा गरीएको दोस्रो चरण्को लक डाउन पूर्णरुपमा कडाई गरीएको छ ।

धरान उपमहानगरपालिकामा केहीदिन यता समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले विहिवारबाट घोषणा गरेको एक साता लामो लकडाउनको पहिलो दिन कडाई गरीएको हो ।

दोस्रो चरणको लकडाउनमा घर देखि कोही पनि बाहिर निस्कन नपाइने गरी कडाईका साथ प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनले खाद्यान्न र सव्जि विक्रिका पसलहरु समेत पूर्णरुपमा वन्द गरीएकोले लकडाउन पूर्णरुपमा वन्द भएको दावी गरे ।मुख्य चोकहरुमा सुनसान रहेको छ भने भित्रि सडकहरु समेत वन्द रहेकाछन् ।

औषधी पसल, एम्बुलेन्स, दमकल, शव बाहान,सञ्चारका साधनहरु बाहेकका अन्य सवारी साधन चलाउन रोक लगाईएको छ । पहिलो चरणको लकडाउनका मर्निङवाक र इभिनिङ वाक गर्नेहरु र विना काम हिडनेहरुले हैरानी पारेका थिए ।यसपटक भने सर्वसाधारणलाई हिँडडुल गर्न पुर्णरुपमा निषेध गरिएको छ ।

स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गरेको लकडाउनलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्नुले पनि थप सहयोग मिलेको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेकोले जिल्लाभर प्रहरी परिचालन हुने भएकोले धरान लगायत इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी र रामधुनी नगरपालिकालाई पनि थप सहयोग पुगेको छ ।

धरानमा पछिल्लो समय ४० जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेकोमा १८ जना समुदायकै मानिसमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

यसैवीच लकडाउनलाई कार्यान्वयन गर्न धरान उपमहानगरपालिकाले धरानवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न अनुरोध समेत गरेको छ ।

लकडाउन सँगै जिल्लामा निषेधित क्षेत्र पनि घोषणा भएकोले दुवैको पालना गर्नुपर्ने र पालना नगरेको पाइएमा कानुनी कारबाही गर्न प्रहरी वाध्यहुने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बस्नेतले बताए ।

उनले आम जनताकै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी लडडाउनमा कडाई गरेकोले सहयोग गर्न धरानवासीलाई आग्रह समेत गरेकाछन् ।

 

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic