उद्योग बाणिज्य महासंघमा ताम्राकारको उम्मेद्वारी को हुन ताम्राकार ?

  • साउन २३, २०७७
  • ११,८६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ साउन ः नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा सुनसरीबाट व्यवासायीले अशोक ताम्राकारले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

महासंघको निर्वाचनमा प्रदेश १ को धरानबाट व्यवसायी अशोक ताम्राकारले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हो ।

चैत २८र २९ गते घोषित निर्वाचन कोरोनाका कारण स्थागित भएको थियो ।दोस्रो मिति साउन २६ र २७ गते घोषणा गरेको भएपनि पुर्न स्थगित गरीएको छ । सुनसरी उद्योग बाणिज्य संघ, धरानका पूर्व अध्यक्ष समेत रहनु भएका ताम्राकारलाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउन सुनसरी उद्योग वाणिज्य संघले निर्णय गरेको छ ।

ताम्राकार धरानमा २०३४ सालदेखि व्यापार, व्यवसायमा जमेका व्यवासायी हुनुहुन्छ । संघको साधारण सदस्य, कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुदै २०६४ देखि ०६६ सालसम्म एक कार्यकाल अध्यक्ष भइसक्नु भएको छ । अध्यक्ष रहदा सुनसरीका व्यवसायीहरुको हकहितमा काम गर्नुभएको थियो ।

सुनसरीबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेपछि ताम्राकारलाई जिताउन सुनसरी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।

केन्द्रीय समितिको वैठकले निर्वाचन गराउनका लागि त्यसको मोडालिटी तय गर्न ६ सदस्यीय समिति समेत गठन गरेको छ । समितिले १५ दिन भित्र प्रतिवेदन वुझाउने र सोही अनुसार सरकारलाई वुझाएपछि सरकारको स्विकृती लिएर निर्वाचनको मिति तय हुने भएको छ ।ताम्राकार चन्द्र ढकालको समूहबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुनु भएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic