साउन ३२ गतेसम्म सुनसरी जिल्ला प्रशासनद्वारा निषेधाज्ञा घोषणा

  • साउन २५, २०७७
  • २,०२३ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२५ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले थप निषेधाज्ञाको घोषणा गरेको छ।

जिल्लामा कोरोना संक्रमण दिनप्रतिदिन बढन थालेपछि २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा गरेको हो ।

सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा बृद्धि भएको र जिल्लाका स्थानीय तहमा स्वाब परीक्षण गर्दा संक्रमण बढेको देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

निषेधाज्ञामा जिल्ला भित्र सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारीले कार्यालय समय अघि र पछि हिँडडुल गर्न पाउने छन्। सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक सेवाका साधन, ढुवानी तथा निर्माण सामग्री बोकेका साधनबाहेक सबै प्रकारका साधनको आवागमन बन्द रहने छ।

औद्योगिक क्षेत्रको हकमा सबै उद्योग प्रतिष्ठानहरूले स्वास्थ्य प्रोटोकल पालना गरी सञ्चालन गर्न पाउने छन्।

त्यस्ता उद्योमा प्रयोग हुने कच्चापदार्थ ल्याउन र उत्पादित सामान बजारमा लैजान बाधा गरिने छैन। यो नियम उल्लंघन गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने प्रशासनले जनाएको छ।

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic