५ क्वीन्टल तरकारी धरान नगर प्रहरीद्वारा बरामद

  • साउन २५, २०७७
  • ४,०५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ साउन ः लकडाउन उलंघन गरी विक्रिका लागि राखीएको करिव ५ क्विन्टल तरकारी धरान नगरप्रहरीले आइतवार बरामद गरेको छ ।

लकडाउन उलंघनका साथै दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा धरानका विभिन्न ठाउँबाट नगर प्रहरीले बरामद गरेको हो ।

दोस्रो चरणको लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने गरेको भन्ने जानकारी आएपछि धरान उपमहानगरपालिकाको नगर प्रहरीले अनुगमनमा सो परिमाणको तरकारी बरामद गरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

धरानको भानुचौक, छाताचौक, सिंहदेवी चौक,पिण्डेश्वरी चौक, शान्तिपथ,पुरानो बजार, अन्नपूर्ण चौक, समी चौक, जिरोप्वाईन्ट, टेलिकम अफिस अगाडी, र मदन आश्रित मार्गमा गरिएको अनुगमनको क्रममा ठेला, रिक्सा र किराना पसल अगाडी फिँजाएर तरकारी बेचिरहेको अवस्थामा फेला पारिएको थियो ।

समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै गरिएको लकडाउनको पुरै अवज्ञा गरेर टमाटर १ सय ५० देखि १ सय ७० सम्ममा र आलु १ सय ३० देखि १ सय ४० रुपैयाँ सम्ममा किन बेच गरिरहेको पाइएकोले बिक्रीका लागि राखिएको तरकारी जफत गरिएको नगर प्रहरी प्रमुख कोइरालाले बताए ।

धरानको प्रमुख तरकारी विक्री केन्द्रको रुपमा रहेको कृषि उपज बजार स्थल बन्द रहेको मौका छोपी तरकारीजन्य बस्तुमा कालो बजारी गर्ने समूह सक्रिय रहेकोले नगरप्रहरीले यस्तो अभियान थालेको बताइएको छ ।
बरामद गरिएको तरकारी जन्य बस्तुमा टमाटर, आलु, प्याज, लसुन, स्याउ, केरा र हरियो तरकारीमा सागसब्जी रहेको नगरपालिकाले जनाएको छ ।

बरामद गरिएको सबै तरकारी धरान ८ स्थित सभागृहमा ल्याइएको बताइएको छ । कालो बजारी गर्नेहरूलाई फेरी पनि यस्तो अवस्थामा फेला पारिए कालो बजारी ऐन अन्तर्गत कडा भन्दा कडा कारबाही गरिने बताइएको छ ।
सो विषयमा धरान नगरपालिकाका प्रशासकिय अधिकृत गणेश खतिवडाले लकडाउन उलंघन गरी तरकारी पसल सञ्चालन गरेकोले वरामद गरीएको र आगामी दिनमा गल्ति नदोहो¥याउने शर्तमा सामान्य नसिहत दिएर फिर्ता गरीने वताए ।

उनले कालोवजार भन्दापनि लकडाउन उलंघन गरेकोले सामान वरामद गरीएको पनि स्पष्ट पारेकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic