५ क्वीन्टल तरकारी धरान नगर प्रहरीद्वारा बरामद

  • साउन २५, २०७७
  • ४,०८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ साउन ः लकडाउन उलंघन गरी विक्रिका लागि राखीएको करिव ५ क्विन्टल तरकारी धरान नगरप्रहरीले आइतवार बरामद गरेको छ ।

लकडाउन उलंघनका साथै दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा धरानका विभिन्न ठाउँबाट नगर प्रहरीले बरामद गरेको हो ।

दोस्रो चरणको लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने गरेको भन्ने जानकारी आएपछि धरान उपमहानगरपालिकाको नगर प्रहरीले अनुगमनमा सो परिमाणको तरकारी बरामद गरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

धरानको भानुचौक, छाताचौक, सिंहदेवी चौक,पिण्डेश्वरी चौक, शान्तिपथ,पुरानो बजार, अन्नपूर्ण चौक, समी चौक, जिरोप्वाईन्ट, टेलिकम अफिस अगाडी, र मदन आश्रित मार्गमा गरिएको अनुगमनको क्रममा ठेला, रिक्सा र किराना पसल अगाडी फिँजाएर तरकारी बेचिरहेको अवस्थामा फेला पारिएको थियो ।

समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै गरिएको लकडाउनको पुरै अवज्ञा गरेर टमाटर १ सय ५० देखि १ सय ७० सम्ममा र आलु १ सय ३० देखि १ सय ४० रुपैयाँ सम्ममा किन बेच गरिरहेको पाइएकोले बिक्रीका लागि राखिएको तरकारी जफत गरिएको नगर प्रहरी प्रमुख कोइरालाले बताए ।

धरानको प्रमुख तरकारी विक्री केन्द्रको रुपमा रहेको कृषि उपज बजार स्थल बन्द रहेको मौका छोपी तरकारीजन्य बस्तुमा कालो बजारी गर्ने समूह सक्रिय रहेकोले नगरप्रहरीले यस्तो अभियान थालेको बताइएको छ ।
बरामद गरिएको तरकारी जन्य बस्तुमा टमाटर, आलु, प्याज, लसुन, स्याउ, केरा र हरियो तरकारीमा सागसब्जी रहेको नगरपालिकाले जनाएको छ ।

बरामद गरिएको सबै तरकारी धरान ८ स्थित सभागृहमा ल्याइएको बताइएको छ । कालो बजारी गर्नेहरूलाई फेरी पनि यस्तो अवस्थामा फेला पारिए कालो बजारी ऐन अन्तर्गत कडा भन्दा कडा कारबाही गरिने बताइएको छ ।
सो विषयमा धरान नगरपालिकाका प्रशासकिय अधिकृत गणेश खतिवडाले लकडाउन उलंघन गरी तरकारी पसल सञ्चालन गरेकोले वरामद गरीएको र आगामी दिनमा गल्ति नदोहो¥याउने शर्तमा सामान्य नसिहत दिएर फिर्ता गरीने वताए ।

उनले कालोवजार भन्दापनि लकडाउन उलंघन गरेकोले सामान वरामद गरीएको पनि स्पष्ट पारेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic