विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता र्याली अफ होप सम्पन्न

  • साउन २५, २०७७
  • १,११० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ साउन ः विश्वका कविर दुइसय मुलुकका नेताहरुले मानव बचाउनको लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।
मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्न साउन २५ गते आईतबार अनलाइन मार्फत आयोजना गरिएको र्याली अफ होप कार्यक्रमलाई सम्बोधन गदै उनीहरुले सो कुरा बताएका हुन ।

विश्व महामारीको रुपमा रहेको कोरोना भाइसर (कोविड १९) ले विश्व मानवजातिलाई एक अर्काबाट टाढा हुँदै बनाउदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेको सन्दर्भमा विश्वले कोभिड १९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा विश्व एक हुनुपर्नेमा बेला आएको बताएका छन् ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला, ह्वाइट हाउस अफ कउन्सीलर जापानका पूर्व अध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिच,सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनी, लगायतका विश्व नेताहरूले सम्बोधन गरेको धरानबाट सहभागी रामबहादुर लिम्वुले वताए ।

विश्वले धार्मिक कट्टरपन्थ र धर्मनिरपेक्षका बिचको मूल्य मान्यताको ध्रुवीकरणको कुराले मात्र होइन कि बरु तिनीहरूका बिचको बढ्दो दृढताले चुनौति थपिदिएको सम्मेलनमा सहभागी बत्ताहरुले बताए ।

संयुक्त राष्ट्र संघ र ईयू जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरूका कारण शान्ति, द्धन्वन्द्ध समाधान, गरिबी निवारणको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका थिए ।

उनीहरुले विश्वमा अझैपनि भूमि, स्रोत साधन, धार्मिक तथा जातीय मतभेद, पारिवारिक मूल्य मान्यताको स्खलन, जलवायु परिवर्तन आदिलाई केन्द्र विन्दु बनाएर द्धन्वन्द्ध र संघर्ष भइनै रहेकोमा चिन्ता ब्यक्त गरेका थिए ।

विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता रहेको कार्यक्रम युनिभर्सल पिस फेडरेशनकी सहसंस्थापिका डा.हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने उदेश्यले कार्यक्रम गरिएको बताउँदै वसुदैव कुटुम्बकम्को आदर्श संसार निर्माण र वास्तविकीकरणका बारेमा सम्बोधन गर्नु भएको थियो ।

मदर मुनले मानिसले प्रकृतिको आर्दश अनुसार आफ्नो जिम्मेबारी पुरा नगरेकोले अहिले बिभिन्न खाले समस्या जन्मीएको बताउदै चूनौतिपूर्ण समयमा आफना नागरिकको स्वास्थ्य र सुरक्षाको लागि उल्लेखनिय कार्य गनुपर्ने बेला आएको छ।

मदर मुनले २१ औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले ¥याली अफ होप कार्यक्रम गरिएको बताउनु भयो ।

सम्मेलनले मानव जीवनमा ईश्वरको अस्तित्व र परोपकारी हस्तक्षेपलाई साहसका साथ स्वीकानु पर्नेमा जोड दिदै मदर मुनले अन्तरजातीय, अन्तरधार्मिक मानवताको अन्तरनिर्भरता र पारस्परिक समृद्धिको लागि विश्व मानव परिवारको रूपमा सामना गर्ने चुनौतिहरूको समाधान गर्न लाग्नुपर्ने बताउनुभयो ।

सम्मेलनको उद्घाटन विश्वका विभिन्न धार्मिक आस्थाका धार्मिक नेताहरूको आह्वान र स्तुती वाचनका साथ गरिएको थियो । सम्मेलन विश्व चर्चित कलाकारहरु द्धारा आफ्नो प्रस्तुति प्रस्ुतत गरिएको थियोे ।

विश्व भरीका ७० भन्दा बढी द्धारा प्रशारण गरेको कार्यक्रममा इन्टरनेश्नल समिट काउन्सिल फर पीस तथा इन्टरनेश्नल एशोसियसन अफ पार्लियामेन्टेरियन्स फर पीस,इन्टर रिलिजियस एशोसियसन फर पीस एण्ड डेभलप्मेन्ट, इन्टरनेश्नल मिडिया एशोसियसन फर पीस ,इन्टरनेश्नल एशोसियसन फर इकोनोमिक डेभलप्मेन्ट र इन्टरनेश्नल एशोसियसन अफ एकाडेमिसियन्स फर पीस लगायका संस्थाहरु सहभागिता रहेको थियो ।

सम्मेलनले राजनीतिक, आर्थिक, शैक्षिक लगायत क्षेत्रका विश्व नेताहरूलाई एकठाउँमा ल्याउन तथा विश्वमा सद्भाव र एकताका लागि काम गर्ने अपेक्षा गरिएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic