अग्रज पत्रकार श्रेष्ठको निधन

  • साउन २५, २०७७
  • ४६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
झापा,२५ साउन ः झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ। आइतबार साँझ उनको निधन भएको हो।

लामो समयदेखि मृगौलाको रोगबाट पीडित उनले नियमित डायलासिस गराइरहेका थिए।

पत्रकार श्रेष्ठको आइतबार साँझ झापाको मेचीनगर नगरपालिका वार्ड नं १० धुलाबारीस्थित निवासमा निधन भएको हो।

एक साताअघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट आइतबार घर पुर्‍याएको केही घण्टमामै उनको निधन भएको थियो।

उनी राष्ट्रिय समाचार समितिको भद्रपुर कार्यालयको प्रमुख भएर लामो समय काम गरेका थिए। सेवाबाट अवकाश पाएपछि धुलाबारीस्थित निवासमा बस्दै आएका थिए।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic