देउवाद्धारा १२ विभागमा ४५७ जनाको मनोनयन महाधिवेशनलाई प्रभाव पार्न खोजेको पौडेल पक्षको आरोप

  • साउन २७, २०७७
  • ४९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउन ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा विभिन्न पदहरुमा मनोनयन गरेकाछन् ।

देउवाले उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका हुन् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ।९ बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन् ।

कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । यता पौडेल पक्षले भने आगामी महाधिवेशनलाई प्रभाव पार्ने उदेश्यले मनोनयन गरीएको भन्दै विरोध जनाउदै आएको छ ।

पौडलले जति विरोध गरेपनि देउवाले मनोनयनलाई तिव्रता दिदै आएकाछन् ।महाधिवेशनमा आफ्नो पक्ष बलियो वनाउन र फकाउन मनोनयनलाई तिव्रता दिदै आएको पौडेल पक्षको आरोप रहेको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic