भदौ १६ बाट लामो दुरीको यातायात तथा हवाई उडान खुल्ने

  • साउन २७, २०७७
  • १,०१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२७ साउनः लकडाउनका कारण लामो समयदेखि वन्द रहेको ठूला सार्वजनिक यातायात र हवाई उडान शुरु हुने भएको छ ।

मन्त्रि परिषदको सोमबार बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ १६ गतेदेखि सो हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड—१९) संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिेस अनुसार भदौ १ बाट अन्तर जिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा लगायतका गतिविधि खुल्ला गर्ने भनिएको थियो । तर कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले उक्त कार्यहरू भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

बैठकले सीमामा थप कडाई गर्ने उद्देश्यले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ । अन्यत्रबाट आउनेहरुलाई भने पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

सीमा नाकामा कडाई नगर्दा समुदायस्तरमा नै कोरोना महामारी फैलिन थालेको छ ।सीमामा कडाई गर्दै आन्तरीक रुपमा भने खुल्ला गर्दै जाने तयारीमा सरकार लागेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic