देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार सभापतिलाई छैन

  • साउन २७, २०७७
  • १९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,२७ काठमाडौः महाधिवेशनलाई प्रभाव पार्ने हिसावले पार्टी सभापति शेरबदुर देउवाले कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबृहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् ।

मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यो काम आचारसंहिताको ठाडो उलंघन भएको पनि बताएका छन् ।

पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता हो भन्दै नेताहरुले कस्तो कांग्रेस बनाउने, विधिको पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी हस्तान्तरण कसरी गर्ने भन्ने दायित्व देउवाकै भएको बताएका छन् ।

सभापति व्यक्ति नभई संस्था रहेको बताउदै पार्टीलाई गुट उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परिम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा ठोकुवा समेत गरेकाछन् ।

अस्वस्थ भागवण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील नेता कार्यकर्तालाई समान अवसर र न्यायबाट वञ्चित गर्ने अधिकार पनि सभापति देउवासँग नभएको उनीहरुले बताएका छन् ।

सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार नभएको वताउदै आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत नहुने दावी समेत गरेकाछन् ।

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic