देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार सभापतिलाई छैन

  • साउन २७, २०७७
  • १८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,२७ काठमाडौः महाधिवेशनलाई प्रभाव पार्ने हिसावले पार्टी सभापति शेरबदुर देउवाले कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबृहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् ।

मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यो काम आचारसंहिताको ठाडो उलंघन भएको पनि बताएका छन् ।

पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता हो भन्दै नेताहरुले कस्तो कांग्रेस बनाउने, विधिको पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी हस्तान्तरण कसरी गर्ने भन्ने दायित्व देउवाकै भएको बताएका छन् ।

सभापति व्यक्ति नभई संस्था रहेको बताउदै पार्टीलाई गुट उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परिम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा ठोकुवा समेत गरेकाछन् ।

अस्वस्थ भागवण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील नेता कार्यकर्तालाई समान अवसर र न्यायबाट वञ्चित गर्ने अधिकार पनि सभापति देउवासँग नभएको उनीहरुले बताएका छन् ।

सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार नभएको वताउदै आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत नहुने दावी समेत गरेकाछन् ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic