तरुण दलद्धारा उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

  • साउन २७, २०७७
  • ९३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउन ः कोविड अस्पताल शुरु गर्न माग गर्दै नेपाल तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुतिको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

दुवै संगठनका कार्यकर्ताले मंगलवार दिउसो संयुक्त रुपमा तालावन्दी गरेका हुन । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न उपकुलपतिले चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण दल र नेविसंघले उपकुलपति डा।ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो ।

उपकुलपतिले गैरजिम्मेवारी र लाचारीपन देखाउनुका साथै कोविड अस्पताल शुरु गरी जनतालाई उपचार रोकथाममा ध्यान दिनुपर्नेमा पदाधिकारी लिएर काठमाडौं गएकोले वाध्य भएर तालावन्दी गर्नुपरेको तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

धरानका १० जना संक्रमितहरु आइसोलेसन बेडको अभावले घरमा नै बस्नु परेको भएता पनि प्रतिष्ठानका उपकुलपति भने आफ्नो स्वार्थपुर्तिको लागि सिनेट बैठक बस्न काठमाण्डौं गएको श्रेष्ठको भनाई रहेको छ ।

अघिल्लो सिनेट बैठकमा धरानबासीकोतर्फुबाट सिनेट सदस्य तथा मेयरले राखेको मागहरु पनि पुरा गर्नुपर्ने माग दुदै संगठनले े गरेकाछन् ।

।उपकुलपतिले निकास नदिएसम्म ताला कायम राखिने नेपाल विद्यार्थी संघका नेता दोर्ची शेर्पाले वताए ।

उनले भने जनधनको सुरक्षा दिनु प्रमुख काम हो अन्य कुरा सहायक हो यो कुरालाई उपकुलपतिले भुल्नु हुदैन ।आफ्ना मागहरु आम जनताको हितमा रहेकोले जनताका माग सम्वोधन नभएसम्म तालावन्दी जारी राख्दै आवस्यक परे थप आन्दोलनका कार्र्यक्रम समेत गर्दै जाने समेत उनले उल्लेख गरेकाछन् ।

 

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic