तरुण दलद्धारा उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

  • साउन २७, २०७७
  • ९७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउन ः कोविड अस्पताल शुरु गर्न माग गर्दै नेपाल तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुतिको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

दुवै संगठनका कार्यकर्ताले मंगलवार दिउसो संयुक्त रुपमा तालावन्दी गरेका हुन । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न उपकुलपतिले चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण दल र नेविसंघले उपकुलपति डा।ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो ।

उपकुलपतिले गैरजिम्मेवारी र लाचारीपन देखाउनुका साथै कोविड अस्पताल शुरु गरी जनतालाई उपचार रोकथाममा ध्यान दिनुपर्नेमा पदाधिकारी लिएर काठमाडौं गएकोले वाध्य भएर तालावन्दी गर्नुपरेको तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

धरानका १० जना संक्रमितहरु आइसोलेसन बेडको अभावले घरमा नै बस्नु परेको भएता पनि प्रतिष्ठानका उपकुलपति भने आफ्नो स्वार्थपुर्तिको लागि सिनेट बैठक बस्न काठमाण्डौं गएको श्रेष्ठको भनाई रहेको छ ।

अघिल्लो सिनेट बैठकमा धरानबासीकोतर्फुबाट सिनेट सदस्य तथा मेयरले राखेको मागहरु पनि पुरा गर्नुपर्ने माग दुदै संगठनले े गरेकाछन् ।

।उपकुलपतिले निकास नदिएसम्म ताला कायम राखिने नेपाल विद्यार्थी संघका नेता दोर्ची शेर्पाले वताए ।

उनले भने जनधनको सुरक्षा दिनु प्रमुख काम हो अन्य कुरा सहायक हो यो कुरालाई उपकुलपतिले भुल्नु हुदैन ।आफ्ना मागहरु आम जनताको हितमा रहेकोले जनताका माग सम्वोधन नभएसम्म तालावन्दी जारी राख्दै आवस्यक परे थप आन्दोलनका कार्र्यक्रम समेत गर्दै जाने समेत उनले उल्लेख गरेकाछन् ।

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic