पत्रकार बानियाँको निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

  • साउन २८, २०७७
  • १,३२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, २८ साउन ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बुधबार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकार बलराम बानियाँको दुःखद निधनले महासंघ स्तब्ध भएको जनाएको छ।
महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेको छ ।

महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको दुःखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ।

तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्। लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए।

केही दिन अघि सम्पर्क विहिन भएका वानिया बुधवार विहान मृत फेला परेका थिए ।

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic