वीपी प्रतिष्ठानलाई नेविसंघ र तरुण दलको चेतावनी

  • साउन २९, २०७७
  • १२,६९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ःनेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाली विद्यार्थी संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा जग्गा व्यापारीलाई दिने षडयन्त्रको विरोध जनाएको छ ।

दुवै संगठनले प्रतिष्ठानको जग्गा व्यापारीक घरानालाई वुझाउने तयारी गरेको भन्दै घोर भत्र्सना गरेको छ ।
धरानको छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गालाई प्रतिष्ठानले आफ्नो स्वार्थका लागि व्यापारीलाई दिन लागेको उनीहरुको आरोप रहेको छ ।

उपकुलपित ज्ञानेन्द्र गिरी र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल व्यक्तिगत स्थार्थमा जग्गा व्यापारी घरानालाई दिन लागेकोले तत्काल रोक्न माग गरेका छन् । प्रतिष्ठानको वृत्ति विकासको लागि राखीएको सुन्दर हरैचाको जग्गामा नेकपा नेताको नाममा ट्मा सेन्टर निर्माण गर्न लागेकोमा पनि दुवै संगठनले भत्र्सना गर्दै तत्काल बन्द गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा दुवै संगठनले उक्त कार्य नरोकिए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले सुन्दर हरैचाको वीपीको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिबाट पास गरिसकेको भन्ने जानकारी पाएकोले यो कार्य तत्काल रोक्न माग गरेकाछन् ।

पत्रकार सम्मेलनमा तरुण दलका धरान नगर समिति अध्यक्ष हिमाल श्रेष्ठले कोभिड अस्पतालमा आवश्यक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाको प्रत्याभूतिसहित पुर्णसुविधा र क्षमतामा जनप्रतिनिधि, सांसद र विज्ञहरुको अनुगमन पश्चात तत्काल सञ्चालन गर्न पनि माग समेत गरेकाछन् ।

नेपाल विद्यार्थी संघका नेता दोर्ची शेपाले मागको सम्वोधन नभएसम्म आन्दोलन जारी रहने वताए । उनले स्वास्थ्य अवस्थालाई ध्यानमा राखी मोडालिटी परिवर्तन गरी आन्दोलनलाई अघि वढाउने दावी रहेकाछन् ।

सिनेट वैठक भन्दा धराने जनताको ज्यान वचाउन महत्वपूण भूमिका हुने अवस्थामा प्रतिष्ठानको जिम्मेवार व्यक्ति उपकुलपतिले सम्पूर्ण पदाधिकारीहरु दिएर काठमाडौं जानु भएको गैरजिम्मेवारी भएको आरोप समेत संगठनले लगाएको छ ।

सिनेट वैठक भोली ३० गते काठमाडौंमा हुदैछ ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic