साना तथा मझौला व्यवसायमा रु ७.९९ प्रतिशतमै नबिल बैंकको लगानी

  • साउन ३२, २०७७
  • १,३७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३२ साउन ः वैंकहरुले ग्राहकहरु माझ विभिन्न सुविधाका योजनाहरु शुरु गरेकाछन् ।

सोही क्रममा नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर साना तथा मझौला व्यवसाय (एसएमई) ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले ७.९९ प्रतिशतमै १५ लाखदेखि १० करोड रुपैयाँसम्म पाइने बैंकले जनाएको छ । उक्त ऋणको ब्याजदर १ वर्षसम्म नबढ्ने समेत बताईएको छ ।

विभिन्न पसल, साना तथा मझौला उद्योग, कृषि उत्पादन सम्वन्धी उद्योग तथा व्यवसाय, स्वदेशी हस्तकला तथा गार्मेन्टलगायत सबैजसो उद्योग व्यवसाय गर्नेहरु सो ऋणबाट लावन्बित हुन पाउने छन् ।

साना तथा मझौला उद्योगका लागि आवश्यक उपकरण किन्न बैंकले दिने ऋणको चुक्ता अवधि ५ देखि ७ वर्षेसम्मको रहने छ ।

बैंकलाई चित्तबुझ्दो व्यवसाय भएमा सो नै धितोका रूपमा राखेर पनि ऋण दिन समेत सकिने बैंकले जनाएको छ ।

ऋण लिनका लागि यस्ता चाहिन्छन् कागजपत्रहरु
१. कम्पनी दर्ताको प्रमाणपत्र, प्यान, प्रबन्धपत्र तथा नियमावली, प्रमुख शेयरधनीको नागरिकता प्रतिलिपि तथा ३ पुस्ते विवरण, बिजनेस प्लान, व्यवसायको उत्पादन तथा आम्दानीको विवरण खुल्ने कागजातपत्र बुझाउनुपर्दछ ।
२. धितोका रूपमा कम्पनी वा शेयरधनीको घर, जग्गा वा कुनै सम्पत्तिको प्रमाणित कागजपत्र वा व्यवसायबाट हुने आम्दानीको स्रोत खुल्ने कागजात आवस्यक रहनेछ ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic