साना तथा मझौला व्यवसायमा रु ७.९९ प्रतिशतमै नबिल बैंकको लगानी

  • साउन ३२, २०७७
  • १,४३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३२ साउन ः वैंकहरुले ग्राहकहरु माझ विभिन्न सुविधाका योजनाहरु शुरु गरेकाछन् ।

सोही क्रममा नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर साना तथा मझौला व्यवसाय (एसएमई) ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले ७.९९ प्रतिशतमै १५ लाखदेखि १० करोड रुपैयाँसम्म पाइने बैंकले जनाएको छ । उक्त ऋणको ब्याजदर १ वर्षसम्म नबढ्ने समेत बताईएको छ ।

विभिन्न पसल, साना तथा मझौला उद्योग, कृषि उत्पादन सम्वन्धी उद्योग तथा व्यवसाय, स्वदेशी हस्तकला तथा गार्मेन्टलगायत सबैजसो उद्योग व्यवसाय गर्नेहरु सो ऋणबाट लावन्बित हुन पाउने छन् ।

साना तथा मझौला उद्योगका लागि आवश्यक उपकरण किन्न बैंकले दिने ऋणको चुक्ता अवधि ५ देखि ७ वर्षेसम्मको रहने छ ।

बैंकलाई चित्तबुझ्दो व्यवसाय भएमा सो नै धितोका रूपमा राखेर पनि ऋण दिन समेत सकिने बैंकले जनाएको छ ।

ऋण लिनका लागि यस्ता चाहिन्छन् कागजपत्रहरु
१. कम्पनी दर्ताको प्रमाणपत्र, प्यान, प्रबन्धपत्र तथा नियमावली, प्रमुख शेयरधनीको नागरिकता प्रतिलिपि तथा ३ पुस्ते विवरण, बिजनेस प्लान, व्यवसायको उत्पादन तथा आम्दानीको विवरण खुल्ने कागजातपत्र बुझाउनुपर्दछ ।
२. धितोका रूपमा कम्पनी वा शेयरधनीको घर, जग्गा वा कुनै सम्पत्तिको प्रमाणित कागजपत्र वा व्यवसायबाट हुने आम्दानीको स्रोत खुल्ने कागजात आवस्यक रहनेछ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic