सुनसरीमा भदौ ७ गतेसम्म हिडडुल गर्न निषेध दुध र तरकारी खुल्ला गर्न नगरपालिका निर्देशन

  • साउन ३२, २०७७
  • ३,१९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञाको समय थप गरिएको छ ।

आइतवार वसेको डिसिसिएमसि बैठकले भदौ ७ गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै फैलिन शुरु गरीसकेको र छिमेकी देश भारत र छिमेकी जिल्लाहरुमा संक्रमण दिनप्रतिदिन बढदो हुन थालेकोले निषेधाज्ञा थप गर्ने निर्ण गरीएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनु भयो ।

आइतवार राती १२ वजेदेखि लागू हुने गरी ‘भदौ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

छिमेकी मुलुक भारत छिमेकी जिल्लाहरु ‘मोरङ र सप्तरीमा संक्रमण बढ्दो मात्रामा रहेकोले निषेधाज्ञालाई थप गरिएको पोख्रेलको भनाई रहेको छ ।

अत्यावश्यक बाहेक हिडडुल गर्न, आवतजावत गर्न नपाइने र अत्यावश्यक सेवा बाहेक सम्पुर्ण हाटबजार, पसल सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

ढुवानी तथा अन्त्यावश्यक बाहेक कार, बस, जिप, माइक्रो, म्याजिक, इ रिक्सा, मोटरसाइकल लगायत सबै सवारीसाधन पनि सञ्चालन गर्न रोक लगाइएको छ ।

खाद्यान्न तथा निर्माण सामग्री ढुवानी साधनले स्वास्थ्य प्रोटोकल पालना गरि सञ्चालन गर्न पाइनेछ । यस्तै, बैक तथा बित्तिय संस्थाको विद्युतीय सेवाबाहेक बाह्य सेवा बन्द हुनेछ निर्णय गरेको छ ।

निषेधाज्ञा जारी गरेपनि अत्यावश्यक वस्तुमा भने रोक नलगाउने निर्णय बैठकले गरेको छ । अत्यावश्यक बस्तुमा खाद्यान्न, तरकारी र दुध पनि पर्छ । तर, धरानमा उपमहानगरपालिकाले लकडाउन गर्दा खाद्यान्न, दुध र तरकारीलाई पनि आयात गर्न, बिक्रीको लागि पसल खोल्न निषेध गरेको छ ।

प्रजिअ पोखरेलले दुध, तरकारी, खाद्यान्नको ढुवानी, बिक्रीमा भने निषेध नगरिएको र जिल्लाको अन्य गाउँ तथा नगरपालिकाहरुमा दुध र तरकारीमा रोक नलगाईको स्पष्ट पारेकाछन् ।धरानमा पनि तरकारी र दुधलाई खुल्ला गर्न नगरप्रमुखलाई भनिसकेको  बताउनु भयो

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic