सुनसरीमा भदौ ७ गतेसम्म हिडडुल गर्न निषेध दुध र तरकारी खुल्ला गर्न नगरपालिका निर्देशन

  • साउन ३२, २०७७
  • ३,२५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञाको समय थप गरिएको छ ।

आइतवार वसेको डिसिसिएमसि बैठकले भदौ ७ गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै फैलिन शुरु गरीसकेको र छिमेकी देश भारत र छिमेकी जिल्लाहरुमा संक्रमण दिनप्रतिदिन बढदो हुन थालेकोले निषेधाज्ञा थप गर्ने निर्ण गरीएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनु भयो ।

आइतवार राती १२ वजेदेखि लागू हुने गरी ‘भदौ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

छिमेकी मुलुक भारत छिमेकी जिल्लाहरु ‘मोरङ र सप्तरीमा संक्रमण बढ्दो मात्रामा रहेकोले निषेधाज्ञालाई थप गरिएको पोख्रेलको भनाई रहेको छ ।

अत्यावश्यक बाहेक हिडडुल गर्न, आवतजावत गर्न नपाइने र अत्यावश्यक सेवा बाहेक सम्पुर्ण हाटबजार, पसल सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

ढुवानी तथा अन्त्यावश्यक बाहेक कार, बस, जिप, माइक्रो, म्याजिक, इ रिक्सा, मोटरसाइकल लगायत सबै सवारीसाधन पनि सञ्चालन गर्न रोक लगाइएको छ ।

खाद्यान्न तथा निर्माण सामग्री ढुवानी साधनले स्वास्थ्य प्रोटोकल पालना गरि सञ्चालन गर्न पाइनेछ । यस्तै, बैक तथा बित्तिय संस्थाको विद्युतीय सेवाबाहेक बाह्य सेवा बन्द हुनेछ निर्णय गरेको छ ।

निषेधाज्ञा जारी गरेपनि अत्यावश्यक वस्तुमा भने रोक नलगाउने निर्णय बैठकले गरेको छ । अत्यावश्यक बस्तुमा खाद्यान्न, तरकारी र दुध पनि पर्छ । तर, धरानमा उपमहानगरपालिकाले लकडाउन गर्दा खाद्यान्न, दुध र तरकारीलाई पनि आयात गर्न, बिक्रीको लागि पसल खोल्न निषेध गरेको छ ।

प्रजिअ पोखरेलले दुध, तरकारी, खाद्यान्नको ढुवानी, बिक्रीमा भने निषेध नगरिएको र जिल्लाको अन्य गाउँ तथा नगरपालिकाहरुमा दुध र तरकारीमा रोक नलगाईको स्पष्ट पारेकाछन् ।धरानमा पनि तरकारी र दुधलाई खुल्ला गर्न नगरप्रमुखलाई भनिसकेको  बताउनु भयो

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic