१० वटा बैंकमाथि राष्ट्र बैंकको छानबिन सबैको विवरण माग, बदमासी भेट्टिए सीइओ हटाइने एनआइसि वैंक पहिलो सुचिमा

  • साउन ३२, २०७७
  • १०,८७६ पटक पढिएको
  • छाल खबर

सुदर्शन सापकोटा

काठमाडौं। नीतिगत छुट कार्यान्वयन नगरी नाफा बढाएका बैंकहरुमाथि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको छ।

राष्ट्र बैंकले बदमासी भेटिए प्रमुख कार्यकारी अधिकृतहरुको जागिरसमेत खोस्ने गरी छानबिन सुरु गरेको हो।

राष्ट्र बैंकले दुई हिसाबले अहिले अनुसन्धान थालेको छ। पहिलो, नीतिगत सहुलियत कार्यान्वयन नगरी गन्जागोल गर्ने र अर्को ब्याज तिराउन अनावश्यक रुपमा ऋण सृजना भएको बारे छानबिन सुरु गरेको हो।

हामीले बढी उजुरी परेका १० वटा बैंकमाथि छानबिन गर्न विशेष सुपरिवेक्षण टोली पठाएका छौं,ु राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ुआवश्यक पर्दा अरु बैंकमा पनि हामी छानबिन गर्नेछौं।

राष्ट्र बैंकले गत आर्थिक वर्ष ऋणीलाई प्रत्यक्ष फाइदा पुर्‍याउन ब्याजमा छुट दिएको थियो। पहिलो पटकको स्किममा, चैतमा किस्ता तिर्नेलाई उसको ब्याजमा १० प्रतिशत छुट दिने ब्यवस्था थियो।

राष्ट्र बैंकका अनुसार, यसमा दुई खालको ब्यवस्था छ। किस्ता मासिक र त्रैमासिक निर्धारण गरिएको हुन्छ। त्रैमासिक किस्ता तिर्नेहरुको समय माघ(फागुन र चैत निर्धारण हुन्छ। तर कतिपय बैंकहरुले माघ र फागुनकोमा १० प्रतिशत छुट दिएनन्, चैतको मात्र छुट दिए। कतिपयले त छुट नै दिएनन्।

दोस्रो ब्याज छुटको स्किममा चैतमा कायम ब्याज दरमा २ प्रतिशत घटाउनु पर्ने ब्यवस्था थियो। यसमा पनि बैंकहरुले बदमासी गरेको राष्ट्र बैंकले फेला पारेको छ।

कतिपय बैंकहरुले माग्नेलाई दुई प्रतिशत छुट दिए भने नमाग्नेले पाएनन्। कतिपयले भने एक प्रतिशत मात्र छुट दिएको पनि भेटिएको छ। केही बैंकले २ प्रतिशत घटाएर अर्को २र३ प्रतिशत प्रिमियम थपेको पनि भेटिएको छ।

ु२ प्रतिशत ब्याज छुट क(कसले दिए भनेर हामीले सबै बैंकसँग रिपोर्ट माग गरेका छौं,ु सुपरिवेक्षण विभागका एक अधिकृतले भने, ुरिपोर्टको मिहिन अध्ययन हुन्छ। त्यसपछि अर्को कदम के लिने भनेर माथिल्लो ब्यवस्थापनले निर्णय गर्छ।

जबकी बैंकर्स संघका पदाधिकारीहरुसँग बसेर क(कसलाई छुट दिने भन्दै राष्ट्र बैंकले एउटा सूची नै बनाएको थियो। त्यो सूचीमा करिब करिब ९० प्रतिशत ऋणहरुले छुट पाउने अवस्था थियो। तैपनि उनीहरुले छुट नपाएको बरु उल्टो बैंकको आम्दानी बढेको देखियो। त्यसपछि राष्ट्र बैंकले बैंकको बदमासी केलाउन सुपरिवेक्षण टोली पठाएको हो।

आफ्नो ऋण राम्रो देखाउन केही बैंकले ग्राहकलाई सोध्दै नसोधी ुवर्किङ क्यापिटलु ऋण पनि थपिदिएका छन्। ब्याज तिराउनका लागि केही बैंकले अर्को ऋण पनि दिएको भेटिएको छ।

ुकेही बैंकको नियत एकदमै खराब देखिएको छ,ु ती अधिकारीले भने, ुसुपरिवेक्षणका क्रममा नियतवश बदमासी गरेको भेटिएमा प्रमुख कार्यकारीलाई नै कारवाही गरिने छ।

राष्ट्र बैंकका अनुसार, एनआइसी एसिया, सिद्धार्थ, सिभिल र मेगालगायतका बैंकमा ब्याजका सन्दर्भमा समस्या देखिएको छ। यसबाहेक निकै पुराना र ठूला भनिएका बैंकहरुमा पनि समस्या भेटिएको ती अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकले नियतवश ुएभर ग्रिनिङु गरिएका ऋणको बारेमा पनि अध्ययन गर्नेछ।

हामीलाई यसो हेर्नु नि भन्ने खालको निर्देशन छैन। खराबी देखिए ठोक् भन्ने निर्देशन छ। त्यसैले नियतवश बदमासी गरेका बैंकका प्रमुख कार्यकारीलाई तत्कालन राजीनामाका लागि निर्देशन दिन्छौं,ु ती अधिकृतले भने, ुतल्लो तहमा विभागीय कारवाही हुन सक्छ।

क्लिकमाण्डुबाट

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic