भदौ १० गतेसम्म लकडाउन लम्वियो भोलीबाट बिहान ८ बजेसम्म दुध, खाद्यान्न र तरकारी पसल खोल्न दिइने भानुचोक र चिनिया चोकको सव्जिमण्डी भने वन्द रहने

  • भदौ २, २०७७
  • ३,७०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भाद्र ः धरानमा तेस्रो चरणको लकडाउनको समय घोषणा भएको छ ।

नगरकार्य पालिकाको मंगलवार वसेको वैठकले भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दिनप्रतिदिन वढदै गएको र संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको ९ नं वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो ।

कट्वालका अनुसार बुधवार देखि विहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने निर्णय भएको छ ।
समुदायबाट ‘व्यापाक जनगुनासो आएकोले तरकारी, दुध र खाद्यान्न पसल बिहान ८ बजेसम्म स्वास्थ्य संगठनको मापदण्ड अपनाएर खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

यस अघि जो सुकैले पनि लकडाउनको समयमा तरकारी पसल सञ्चालन गरेकोमा यसपटकको वैठकले भने त्यसलाई रोक्दै नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरीद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउने निर्णय भएको छ ।

दोस्रो चरणमा धरान भन्दा वाहिरबाट दुध तरकारी ल्याउन नपाउने निर्णयलाई परिवर्तन गर्दै बिहान ८ बजेभित्रसम्ममा ल्याउन दिने वैठकले निर्णय गरेको छ ।

भीडभाड हुने भएकोले भानुचोकको सब्जी बजार र धरान ३ को पालिका तरकारी बजार भने वन्द गर्ने निर्णय भएको कट्वालले जानकारी दिनभयो ।

वैठकले विदेशबाट आउनेहरुले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण पिसिआर अनिवार्य गरेको हुनुपर्ने थप निर्णय गरेको छ ।

धरानमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा हुन थालेको छ । एकै परिवारका ४ जनासम्म संक्रमित भएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic